क्युबाको कम्युनिष्ट पार्टी प्रमुख राहुल क्यास्ट्रोद्वारा पद त्याग्ने घोषणा

क्युबाको कम्युनिष्ट पार्टीका प्रथम सचिव राहुल क्यास्ट्रोले पद त्याग्ने घोषणा गरेका छन् । उनले नयाँ पुस्तालाई अवसर दिनका लागि आफूले पद त्याग्ने निर्णय गरेको शुक्रबार बताएका हुन् ।
“मैले मेरो जिम्मेबारी र योजनाहरु पुरा गरेको छु, त्यसैले मैले पार्टीको केन्द्रीय कमिटिको प्रथम सचिवको जिम्मेबारीबाट मुक्त हुने निर्णय गरेको छु,” उनले भने । उनले आफ्नो भूमिका र निर्णयबाट आफू सन्तुष्ट रहेको र आगामी दिनमा पनि देशलाई फाइदा नै हुने विश्वास व्यक्त गरे ।
पार्टीको आठौँ सम्मेलनको उद्घाटन समारोहमा सम्वोधन गर्ने क्रममा उनले पार्टी र देशलाई नयाँ गति दिन आफ्नो निर्णयले सहयोग पुग्ने अपेक्षा पनि गरे ।पार्टीको अभियान र आन्दोलनमा भने पार्टी कार्यकर्ताको रुपमा आफू सधै रहिरहने पनि ८९ वर्षीय नेता क्यास्ट्रोले स्पष्ट पारे ।
“म जीवित रहँदासम्म, मैले सक्दासम्म पार्टीको काममा म सधैँ लागि नै रहनेछु, मातृ भूमिका लागि खटिनेछु,” उनले भने । उनले आफ्नो उत्तराधिकारी हुने र पार्टीको नेतृत्वमा रहने सवै नेताहरुलाई राष्ट्रियता, समाजवाद, नैतिकता, संस्कृतिको महत्व नभुल्न समेत सचेत गराए ।
अहिले चलिरहेको पार्टीको सम्मेलन नयाँ नेता चयन गर्दै आगामी सोमबार सकिने भएकाले सम्मेलन सकिएपछि उनी जिम्मेबारीमा नरहने जनाइएको छ । उनी सन् २०११ को अप्रिलमा पार्टीको शिर्ष नेताका रुपमा निर्वाचित भएका थिए। आफ्नै दाजु फिडेल क्यास्ट्रोको उत्तराधिकारीका रुपमा उनले भूमिका निर्वाह गरेका थिए । रासस÷सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छली र तस्करीमा सघाउन घुस खाने प्रहरीका सई पक्राउ
-
आईपीएलको सातौं खेलमा लखनउ विजयी, सनराइजर्स ५ विकेटले स्तब्ध
-
मातृशिशु मृत्युदर घटाउने अभियान सुरु
-
१२ बजे, १२ समाचार : चैत २१ देखि आन्दोलनलाई सशक्त बनाउने राजावादीको घोषणादेखि शिक्षा समिति सभापतिलाई शिक्षकले झम्टेसम्म
-
राजावादीको पत्रकार सम्मेलनअघि दुर्गा प्रसाईंले भेटे ज्ञानेन्द्र शाह
-
चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने राजावादीको घोषणा