शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको नयाँ लहरबाट बच्नका लागि के खाने, के नखाने ?

शनिबार, ०४ वैशाख २०७८, १३ : ३५
शनिबार, ०४ वैशाख २०७८

कोरोनाभाइरसले एकपटक पुनः समस्या बढाइदिएको छ । कोरोनाको नयाँ रुपमा निकै संक्रामक छ र थोरै लापरवाहीले पनि यो महामारीलाई निम्तो दिने गर्छ । बारम्बार हात धुने, मास्क लगाउने र सामाजिक दुरीका साथै तपाईंले खानपिनमा पनि असाध्यै ध्यान दिन आवश्यक छ । यो मौसममा पौष्टिक तत्व र बारम्बार पानी पिउँदा रोग प्रतिरोधी क्ष्मता बलियो बन्ने गर्छ । यसले गम्भीर रोग र संक्रमणको खतरा कम हुने गर्छ । विश्व स्वास्थ्य संगठनले कोरोनाबाट बच्नका लागि यस्ता खानेकुराको सेवन गर्न सुझाएको छ ।

कोरोनाबाट बच्नका लागि कस्तो हुनुपर्छ डाइट ?

तपाईंले आफ्नो खानामा विभिन्न प्रकारको ताजा फलफूल र अनप्रोसेस्ड फूड समावेश गर्नुपर्छ । यसमार्फत्, तपाईंलाई आवश्यक भिटामिन, मिनरल्स, फाइबर, प्रोटिन र एन्टिअक्सिडेन्ट पाउन सकियोस् ।

असाध्यै धेरै फलफूल, सागसब्जी, दाल, गेडागुडीलगायत नट्स, मकै, ओट्स, गहूँ, ब्राउन राइस, जरा भएका सब्जी जस्तै आलू, सख्खरखण्ड खानुहोस् । यसबाहेक मासु, माछा, अण्डा, दुधलाई खानमा संलग्न गर्नुहोस् ।

हरेक दिन कम्तीमा २ कप फलफूल, २.५ कप सागसब्जी, १८० ग्राम गेडागुडी र १६० ग्राम मासु र केराऊ खानुहोस् । हप्तामा १–२ पटक रातो मासु र २–३ पटक मासु खान सक्नुहुन्छ । बेलुकाको समयमा हल्का भोक लाग्दा काँचो सागसब्जी र ताजा फलफूल खानुहोस् । सागसब्जीलाई धेरै पकाएर नखानुहोस् नभए यसका आवश्यक पोषक तत्व नष्ट हुन्छन् । यदि तपाईं डिब्बामा बन्द गरिएका फलफूल वा सागसब्जी खरिद गर्नुहुन्छ भने त्यसमा नुन र चिनी बढी नहोस् भन्ने कुरामा ध्यान दिनुहोस् ।

पानीमा ध्यान दिनुहोस्ः

शरीरका लागि पानी असाध्यै आवश्यक छ । यसले रगतमा पोषक तत्व पुर्‍याउने काम गर्छ, शरीरको तापक्रमलाई नियन्त्रण गर्छ र विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्ने काम गर्छ । हरेक दिन कम्तीमा ८–१० गिलास पानी पिउनुहोस् । पानीबाहेक फलफूल, सब्जीको जूस, कागती पानी पनि पिउनसक्नुहुन्छ । सफ्ट ड्रिङ्क, कोल्ड ड्रिङ्क, सोडा वा कफीको मात्रा असाध्यै कम गर्नुहोस् ।

अनस्याचुरेटेड फ्याट्सः

फ्याटी फिस, बटर, नरिवलको तेल, क्रिम, चिज वा घ्यूमा पाइने स्याचुरेटेड फ्याटको साटो खानमा अनस्याचुरेटेड फ्याट्युक्त माछा, एभोकाडो, नट्स, ओलिभ ओयल, सोया, क्यानोला, सूर्यमुखसी र कर्न ओयल समावेश गर्नुहोस् । रातो मासुको साटो सेतो मासु वा माछा खानुहोस् किनभने यसमा फ्याट कम पाइन्छ । प्रोसेस्ड मीट कुनै पनि हालतमा नखानुहोस् ।

बाहिरको खाना खानबाट बच्नुहोस्ः

कोरोना एक–अर्काको सम्पर्कमा आउँदा तीब्र रुपमा फैलने गर्छ । यसबाट बच्नका लागि बाहिर गएर खानुको साटो घरमा नै खाना खानुहोस् ।

यी खानेकुराबाट टाढै बस्नुहोस्ः

मोटोपना, मुटुरोग, स्ट्रोक, मधुमेह र केही प्रकारको क्यान्सरबाट टाढा रहनका लागि चिनी, बोसो र धेरै नुन सेवन गर्नबाट जोगिनुहोस् । दिनभरी १ चम्चाभन्दा बढी नुन नखानुहोस् ।

जति सक्नुहुन्छ त्यति ट्रान्स फ्याटबाट टाढै रहनुहोस् । प्रोसेस्ड फूड, फास्ट फूड, स्न्याक्स फूड, फ्राइड फूड, फ्रोजन पिज्जा, कुकिज र क्रिममा ट्रान्स फ्याट पाइन्छ । कुनै पनि अन्य रोगबाट कोरोना हुने सम्भावना थप बढ्ने गर्छ । त्यसैले आफूलाई पूर्ण रुपमा स्वस्थ राख्नुहोस् ।

पोषणयुक्त खानेकुरा र पर्याप्त मात्रामा पानी पिउँदा स्वास्थ्य र प्रतिरोधी क्षमतालाई उत्कृष्ट बनाउन सकिन्छ तर यो कुनै जादु भने होइन । जो मानिसहरु पहिले नै बिरामी छन् वा जसलाई कोरोना भएको छ, उनीहरुले आफ्नो मानसिक स्वास्थ्यको पनि असाध्यै ख्याल राख्न आवश्यक छ । यदि तपाईं मानसिक रुपमा सहज महसुस गर्नुहुन्नँ भने कुनै मनोचिकित्सकसँग सम्पर्क गर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप