शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘ओ माई लर्ड’मा गरिमा र भीमको रोमान्स

शनिबार, ०४ वैशाख २०७८, १३ : २२
शनिबार, ०४ वैशाख २०७८


काठमाडौँ । गायक भीम श्रेष्ठको नयाँ गीत ‘ओ माई लर्ड’ सार्वजनिक भएको छ । स्वर, शब्द र संगीत समेत भीमकै रहेको गीतमा माया प्रेमका कुरा समेटिएको छ । 

शैलेन्द्र एम प्रधान ‘बाबु’को संगीत संयोजन गरेका गीतमा गायक भिम र गरिमा शर्माको रोमान्स समेटिएको छ ।
युवायुवती बीचको प्रेम र रोमान्स देखाउन खोजिएको भिडियाे शान थापाले निर्देशन गरेका हुन् । जसमा अर्जुन तिवारीले छायाँंकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

‘अक्सर छाता’ बोलको गीतबाट आफ्नो गायन यात्रालाई प्रारम्भ गरेका गायक श्रेष्ठले यसअघि ‘जाने बेला’, ‘’माझी दाइ’लगायतका गीत ल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप