आइपीएलमा चेन्नाईको पहिलो जीत, पन्जाब ६ विकेटले पराजित
काठमाडौं । चेन्नई सुपर किंग्सले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)मा पहिलो जित निकालेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा आफ्नो दोस्रो खेलमा चेन्नईले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो ।
पन्जाबले दिएको १०७ रनको विजयी लक्ष्य चेन्नाईले १५.४ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । चेन्नईका लागि फाफ डु प्लेसिस ३६ र मोईन अली ४६ रनको योगदान दिए । यस्तै रितुराज गायकड ५ र सुरेश रैना ८ रनमा आउट भए भने साम करन ५ रनमा अविजित रहे ।
पन्जाबका मोहम्मद शामीले २ विकेट लिए । अर्शदीप सिंह र मुरुगन आश्विनले १–१ विकेट लिए । टस हारेर पहिला ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । पन्जाबका शाहरुख खानले सर्वाधिक ४७ रनको बनाएका थिए । यस्तै झेय रिचर्डसनले १५ रन बनाए ।
दिपक हुडा र क्रिस गेलले १०–१० रन बनाए भने केएल राहुल ५ रन बनाएर रन बनाएर आउट भए । यस्तै मुरुगन आश्विन ६ र मोहम्मद शामीले ९ रन मात्र जोडे ।
चेन्नईका दीपक चाहरले ४ विकेट लिए भने ड्वेन ब्राभो, साम करन र मोईन अलीले १–१ विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त