शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
पत्रपत्रिका

नेपाल आयल निगममा ईआरपी प्रणाली सुरु

शनिबार, ०४ वैशाख २०७८, ०७ : ३०
शनिबार, ०४ वैशाख २०७८

काठमाडौँ । नेपाल आयल निगममा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली  सुरु  गरिएको छ ।

जुन प्रणालीबाट निगमका सम्पूूर्ण कारोबार तथा कामकारबाही अनलाइनमार्फत हुने जनाइएको छ । 

एकै  ठाउँबाट सबै कारोबारको निरीक्षण तथा अनुुगमन  गरी थप   प्रभावकारी   सेवा प्रवाहका लागि ईआरपी  प्रणालीमा  काम सुरु गरिएको निगमले जनाएको छ । ईआरपी  प्रणाली  सुरु गरेपछि  पेट्रोलियम पदार्थको  कारोबारमा  भौतिक  उपस्थिति  नभई अनलाइनबाटै कारोबार हुनेछ । 

पेट्रोलियम पदार्थका व्यवसायीहरूलाई अनलाइनबाट पेट्रोलियम पदार्थको माग र भुक्तानीको सुविधा छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, “एकीकृत कार्यप्रणालीमा जानेगरी सरकारले काम गर्न  खोजिरहेको  हुँदा  निगमले  पनि  सोहीअनुसार आफ्ना   कामहरूलाई   व्यवस्थित   र   अझ प्रभावकारी बनाउन अनलाइन प्रणालीमा काम गर्न सुरु गरेका हौँ ।”

ईआरपी  प्रणाली  शुक्रबारदेखि  परीक्षणका रूपमा   निगमले   सुरु   गरेको   छ ।  प्रवक्ता उपाध्यायको  भनाइ  छ,  “अनलाइन  प्रणालीमा हामी  पहिलो  पटक  काम  गर्दै  छौँ । आज  पनि केही  कठिनाइ  देखापरे,  प्राविधिकहरूले  काम गरिरहनुभएको छ । तीन महिना परीक्षण भएकाले जहाँ  समस्या  आउँछ  त्यहाँ  समाधान  हुन्छ, परीक्षणपछि पूर्ण रूपमा कार्यान्वयन हुन्छ ।”

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप