शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेर्नुहोस् तपाईंको आजको राशिफल

शनिबार, ०४ वैशाख २०७८, ०६ : ०८
शनिबार, ०४ वैशाख २०७८

वि.सं.२०७८ साल बैसाख ०४ गते । शनिबार । ईश्वी सन् २०२१ अप्रिल १७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि– पंचमी,२८ घडी २९ पला,बेलुकी ०५ बजेर ०३ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–मृगशिरा,४४ घडी १९ पला,बेलुकी ११ बजेर २३ मिनेट उप्रान्त आद्रा । योग– शोभन,२७ घडी ३९ पला,बेलुकी ०४ बजेर ४३ मिनेट उप्रान्त अतिगण्ड । करण–बालव,बेलुकी ०५ बजेर ०३ मिनेट उप्रान्त कौलव,रातको ०५ बजेर ४६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–बृष,बिहान १० बजेर २० मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २९ मिनेट । दिनमान ३२ घडी ०३ पला । भ.पु. छुमागणेशयात्रा।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेकोछ । दाजुभाई हरुसँगको सम्बन्धमा नयाँ पनको विकास हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन शुखि रहनेछ ।
 
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाईसँगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई अरुलाई हराउदै अगाडी बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगती भएर जानेछ । पुराना आर्थिक मुद्दाहरु हल भएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धी सामान्य समस्याले नसताउला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ भने माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब सिर्जना हुनेछ । मध्यान्हबाट दिगो फइदा हुने व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुनेछ । रचानात्मक तथा कृतिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जिबन शुखि हुनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित बस्तुहरु जस्तै धातु तथा पानीसँग सम्बन्धीत बस्तुहरुको कारोबारबाट फाईदा हुनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट लामो दुरिको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी समय फलदायी रहनेछ । तरपनि स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा खर्चालु समय रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सरकारी तथा पैत्रिक धन सम्पती हात लागी हुने सम्भावना रहेकोछ भने व्यापार व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिनेछ । ईच्छा आकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुने हुनाले दैनिकी सहज मार्गमा अगाडी बढ्नेछ । सवारी साधन तथा अन्य सम्पतीहरु लाभ हुने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सांगितिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपूर्ण भूमिका खेल्नेछ । व्यापार व्यावसायमा प्र्रशस्त नाँफा कमाउन सकिनेछ भने पढाइ लेखाइमा भनजस्तो सफलता हुने हुँदा मन प्रशन्न रहनेछ । नयाँ काम पाउने तथा नोकरिमा पदोन्नतीको गतिलो योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बलियो पकड रहने हुनाले कामहरु सजिलै सम्पादन हुनेछन्  । राज्यबाट पाउने सेवा सुविधा पाइने छ भने मान सम्मानमा बृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ । बिहानको समयमा अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावासायबाट मनग्गे आम्दानी हुनेछ । रमाईलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रासँग सम्वन्धीत कार्यहरु हुनेछन् । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पुरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पतीको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) यात्राका क्रममा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । औषधीजन्य व्यापारमा लगानी गर्नेहरुले मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाइ लेखाइमा राम्रो प्रगती गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्यले साथ दिने हुँदा शाहसिलो काम गर्न सकिनेछ । व्यापार विस्तार गरी प्रशस्त रुपैया पैसा कमाउनेछ । नयाँ ठाउको भ्रमण गरी संगितको सुमधुर धुनमा रमाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धी हरुलाई हराई परिणाममूखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगती भएर जानेछ । मामा तथा मावलीबाट तपार्ईँको काममा सहयोग हुनेछ ।  

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययनमा मन जानेछ भने सफल हुने सुत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यावसायमा लगानी गरी धन तथा सम्पती कमाउन सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । आकस्मिक धन तथा सम्पती हात लागी हुने योग रहेकोछ । आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय राम्रो रहेकोले छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन शुखी रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको ख्याल गर्नुहोला छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या आउन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछी गएर पछुतो हुने ग्रहयोग रहेकोछ ।

तपाईँ दिन शुभ रहोस् ।
यूवा ज्योतिषी डिपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
चाबहील,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन वनाउन,चिना हेराउन तथा वास्तुसँग सम्बन्धीत जानकारिको लागी अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप