महासंघका केन्द्रीय सदस्यको घरमा प्रहरीद्वारा खानतलासी
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बबिन शर्माको घर तथा कार्यालयमा प्रहरीले खानतलासी गरेको छ । समाचारको विषयलाई लिएर शर्माको घर तथा कार्यालयमा आज बेलुकी प्रहरीले खानतलासीका साथै धम्की समेत दिएको नवनिर्वाचित महासचिव रोशन पुरीले जानकारी दिए ।
समाचारमा चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमार्फत निरुपण खोज्नुपर्नेमा प्रहरीले 'विदेशी गुप्तचर निकायको दबाबले पक्राउ गर्नु पर्यो' भन्दै परिवारलाई समेत धम्की दिएको पुरीले बताएका छन्। यो घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकार निरन्तर अनुदार भएको पुष्टि गरेको उनको भनाइ छ ।
नेपाल सरकार र नेपाल प्रहरीलाई आफ्नो व्यवहार तत्काल सुधार गरेर समाचारका विषयमा प्रेस काउन्सिलमार्फत निरुपण खोज्न उनले माग गरेका छन् । शर्मा सम्पादक रहेकाे अनलाइनमा प्रधानमन्त्री र भारतीय गुप्तचर निकायका प्रमुखबारेकाे समाचार छापिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेन्ट लागेर विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु
-
नेपालमा जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ
-
पोखराको फोहोर व्यवस्थापनमा कोइकाले १० मिलियन डलर दिने
-
इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणमा अमेरिकाले दियो यस्तो चेतावनी
-
‘पर्यटन बोर्ड’ को सीईओ बन्न मरिहत्ते: के छ आकर्षण ?
-
अमेरिकाद्वारा इजरायल र युक्रेनका लागि अर्बौँको सहयोग स्वीकृत