बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोहलपुरमा बस र टिपर जुध्यो, ५ जनाको मृत्यु

शुक्रबार, ०३ वैशाख २०७८, २० : ४३
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौं । बाँकेको कोहलपुर नगरापालिका–१३ स्थित बाँके राष्ट्रिय निकुञ्जमा बस र टिपर आपसमा ठक्कर खाँदा ५ जनाको मृत्यु भएको छ । 

सुर्खेतबाट धरान जाँदै गरेको मकालु यातायातको से १ ख ३३४८ नम्बरको बस र ना.अ.क–४१ नम्बरको टिपर आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालका अनुसार दुर्घटनामा परेर ७ जना गम्भिर घाइते भएका छन् । उनिहरुलाई उपचारका लागी कोहलपुर मेडिकल कलेजमा पठाइएको छ । बसमा ४७ जना सवार थिए ।

दुर्घटनामा घाइते भएका १४ जनाको अवस्थामा मध्यम र बाँकी यात्रुको अवस्था सामान्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप