शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीमा कास्की कोरोना संक्रमणको ‘रेडजोन बन्दै’

शुक्रबार, ०३ वैशाख २०७८, १९ : ४६
शुक्रबार, ०३ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमण तिव्र रुपमा बृद्धि भएको छ । विगतमा प्रदेशमा कोरोना संक्रमण उच्च देखिए पनि क्रमश हराउँदै गएको थियो । गण्डकी प्रदेशका ११ जिल्ला मध्ये कास्की पछिल्लो समय ‘रेड जोन’ बन्दै गएको छ । गतवर्ष कोरोना संक्रमण उच्च भएर क्रमशः घट्दै गएको अवस्थामा केही हप्तादेखि पोखरा क्षेत्रमा संक्रमण उच्च गतिमा बृद्धि भएको छ । 

शुक्रबार पोखरामा ८५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित सबै पोखरा महानगरपालिका भित्रका नै हुन् । क्षयरोग उपचार केन्द्र पोखरा, लाइफ केयर एण्ड डाइग्नोस्टिक प्रालि र विधि ल्याब ललितपुरमा गरिएको परीक्षणमा एकैदिन ८५ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा हालसम्म १ लाख ३८ हजार ८७० नमुना परीक्षण गरिएकोमा १७ हजार ८४ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म प्रदेश १६ हजार ४१५ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ४६२ सकिय संक्रमित रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पछिल्लो समयमा प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै ३७२ संक्रमितहरु कास्कीमा रहेका छन् । तथ्याङ्कअनुसार हालसम्म गण्डकी प्रदेशको नवलपुरमा सबैभन्दा धेरै २ हजार ४४३ जनामा संक्रमण देखिएको छ । यस्तै सबैभन्दा कम मनाङमा २० जना मात्र संक्रमित भएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयको आज उपलब्ध तथ्याङ्कअनुसार प्रदेशका जिल्लामध्ये कास्कीमा सबै भन्दा धेरै ३७२ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी बागलुङमा ५१, पर्वतमा ७, म्याग्दीमा ५,स्याङजामा ७, तनहुँमा १२,गोरखा १ र नवलपरासी पूर्व (नवलपुर) मा ११ जना सक्रिय संक्रमित रहेका छन् । प्रदेशका मुस्ताङ, मनाङ र लमजुङमा हाल सक्रिय कोरोना संक्रमितको संख्या शून्य रहेको छ । पछिल्लो समयमा संक्रमितको संख्या बृद्धि भएपछि कास्की प्रदेशकै रेडजोनमा परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशमा अहिलेसम्म सबैभन्दा धेरै कोरोना संक्रमण नवलपरासी पूर्व (नवलपुर) मा २ हजार ४४३ जनामा देखिएको छ । त्यसमध्ये २ हजार ४ सय १० जना निको भइसकेका छन् भने २२ जनाको मृत्यु भएको छ । 

तनहुँमा १ हजार ५०६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १ हजार ४६९ जना निको भइसकेका छन् भने २५ जनाको मृत्यु भएको छ । त्यस्तै लमजुङमा ९१४ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ९०९ जना निको भइसकेका छन् भने ५ जनाको मृत्यु भएको छ ।

गोरखामा हालसम्म ८४६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ८ सय ३६ जना निको भइसकेका छन भने ९ जनाको मृत्यु भएको छ । यस्तै कास्कीमा हालसम्म ८ हजार ७०३ जनामा संक्रमण भेटिएको छ । त्यसमध्ये ८ हजार २१६ जना निको भइसकेका छन । गण्डकी प्रदेशमै कास्कीमा सवै भन्दा धेरै ११५ जना संक्रमितको मृत्यु भएको छ भने हालसम्म प्रदेशमै सबैभन्दा धेरै ३७२ सक्रिय संक्रमित कास्कीमा नै छन् ।

बागलुङमा हालसम्म १ हजार ९६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १ हजार ३७ जना निको भइसकेका छन् भने ८ जनाको मृत्यु भएको छ । त्यसैगरी स्याङजामा हालसम्म ८४७ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ८२३ जना निको भइसकेका छन् भने १७ जनाको मृत्यु भएको छ ।

पर्वतमा हालसम्म ४०४ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३९४ जना निको भइसकेका छन् भने ३ जनाको मृत्यु भएको छ । त्यस्तै म्याग्दीमा हालसम्म २७७ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २६९ जना निको भइसकेका छन् भने ३ जनाको मृत्यु भएको छ ।

प्रदेशका हिमाल पारिका जिल्लाका रुपमा चिनिएका मुस्ताङमा ३२ जना र मनाङमा २० जनामा संक्रमण देखिएको  छ । तर, कोरोना संक्रमणबाट दुवै जिल्लामा कसैको पनि मृत्यु भएको छैन । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म २०७ जनाको मृत्यु भएको छ भने संक्रमितको कुल संख्या १७ हजार ८४ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप