शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एकै दिन ९ सय संक्रमित, काठमाडौँ र बाँके बन्यो कोरोनाको हटस्पट

शुक्रबार, ०३ वैशाख २०७८, २१ : १५
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौँ । काठमाडौँ उपत्यका र बाँके कारोना भाइरस संक्रमणको हटस्पट बनेको छ । पछिल्लो २४ घण्टामा ९०० जना संक्रमित फेला परेकोमा काठमाडौँ उपत्यकामा सर्वाधिक ३४८ जना संक्रमित भएका हुन् ।

काठमाडौँमा २८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार १५८ जनामा परीक्षण गर्दा पीसीआरबाट ८३६ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

नेपालमा संक्रमितको कूल संख्या २ लाख ८२ हजार ८९० जना पुगेको छ ।  यही अवधिमा थप २०८ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप