शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई वर्षकी भइन् सन्नी लियोनकी छोरी, अमेरिकामा श्रीमानसँगै मनाइन् बर्थडे

बिहीबार, २६ असोज २०७४, १२ : १३
बिहीबार, २६ असोज २०७४

सन्नी लियोनले श्रीमान् ड्यानियल बेवरसँग जुलाईमा लातूर (महाराष्ट्र) बाट एक बालिकालाई धर्मपुत्रीको रुपमा स्विकारेकी थिइन् । जोडीको छोरीको नाम निशा कौर वेबर राखेका थिए । केही दिन अघि सन्नी र ड्यानियलले छोरीको दोस्रो जन्मदिन अरिजोना (अमेरिका) मा मनाए । सार्वजनिक भएको तस्बिरमा निशाले राजकुमारीको क्राउन लगाएर आमाबुवासँग पोज दिइरहेको देख्न सकिन्छ ।

सन्नी लियोनले २१ महिनाकी बालिकालाई धर्मपुत्रीको रुपमा स्विकारेकी थिइन् ।

ती बालिकालाई ११ अभिभावकले अपनाउन अस्विकार गरेको बताइएको छ । बालिकाको रंग कालो भएकाले उनलाई अस्विकार गरिएको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप