शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धौलागिरीमै पहिलो पटक रेमिट्यान्स भित्र्याउने श्रेष्ठ एनआरएनए महासचिवको उम्मेदवार

बिहीबार, २६ असोज २०७४, १२ : ०६
बिहीबार, २६ असोज २०७४

काठमाडौं– पर्वतका अर्जुनकुमार श्रेष्ठले यहि असोज २८ देखि ३१ सम्म काठमाडौंमा सम्पन्न हुने आठौं अन्तराष्ट्रिय सम्मेलनमा  एनआरएनए महासचिवको उम्मेदवारी दिने घोषण गरेका छन् ।

उनी हुण्डी लगायत अबैध रुपमा मात्र भित्रिने गरेको रेमिट्यान्सलाई निजी क्षेत्रबाट धौलागिरीमै पहिलो पटक बैधानिक तवरबाट भित्र्याउने व्यक्ति हुन् । 

पर्वतको फलेवासमा जन्मिएर सदरमुकाम कुश्माबाट ब्यवसायिक यात्रा सुरु गरेका श्रेष्ठले एक दशकमा आँफुलाई एक सफल ब्यवसायी रुपमा स्थापित गरेसंगै तात्कालिन द्वन्द्वबाट प्रभावित भई विदेश गएका थिए । 

उनले  जिल्लामा ब्यवसायसंगै सामाजिक तथा संस्थागत हिसावले नेतृत्वदायी भुमिका खेलेका थिए । कालिगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड नामक सहकारीको स्थापना गरि जिल्लाका ब्यवसायीलाई सहकारीको माद्यमबाट जोडेका थिए । 

श्रेष्ठ जिल्लामा अन्तराष्ट्रिय संस्था लायन्स क्लव होस या  पर्वत जेसिजलाई स्थापना गर्न सकृय भएर लागेका थिए ।

उनले  उद्योगी व्यवसायीको छाता संस्था पर्वत उद्योग बाणिज्य संघका लगातार २ कार्यकाल सम्पन्न गरि महासचिवको भुमिका सम्पन्न गरेका थिए ।

श्रेष्ठले  २०५७ सालको अन्त्यसम्म अब्यवस्थित रहेको सदरमुकाम कुश्मा बजारलाई ब्यवस्थित बनाउन निजीक्षेत्रको सहयोगमा ढलनिकास तथा सहरी मार्ग पिच गर्ने  कार्यको सुरुवात गरेका थिए ।

यूगल फार्मेसी नामक फर्मबाट ब्यवसाय आरम्भ गरेका श्रेष्ठले पर्वत ,म्यग्दी, बाग्लुङ तथा मुस्ताङ जिल्लामा अत्यन्तै अब्यवस्थित हिसावले हुदै आएको औषधिजन्य बस्तुको कारोबारलाई ब्यवस्थित बनाएका थिए । 

जिल्लामा भखैर खुलेका ग्रामिण सडकमा यातायात ब्यवसाय सञ्चालन गरेर ग्रामिण क्षेत्रका बासिन्दालाई गुन लगाएका थिए । द्वन्द्वको समयमा प्रहरी प्रशासनसँग नजिक बनेको आरोपमा विद्रोही पक्षले ज्यानै लिने सम्मको धम्कि आएपछि देश छाडेका थिए । 

प्रवासी जीवनको यात्रा आरम्भसँगै गैरआवासिय नेपाली संघ मा आबद्ध बनेका उनी सन २००९ देखि निरन्तर एनआरएनएको केन्द्रीय नेतृत्वमा छन् ।

उनी आईसीसी सदस्य, यूरोप संयोजक तथा हाल आईसीसी सचिव को महत्वपुर्ण जिम्मेवारीमा छन् ।

सन् २००३ देखि बेल्जियममा व्यवसाय गर्दै आएका श्रेष्ठले आफ्नो अनुभव र सिपलाई उपयोग गर्न महासचिवको उम्मेदवारी घोषणा गरेको बताएका छन ।

संस्थागत सुधार र एनआरएनलाई साँच्चिकै एनआरएन बनाउने अभियानमा समस्त गैरआवासिय नेपाली दिदीबहिनी तथा दाजुभाईको साथ सहयोग र सदीक्षा रहने उनको भनाइ रहेको छ ।

विश्वका कुना कुनामा रहेका आम नेपालीको आशा र भरोसाको केन्द्रको रुपमा रहेको एनआरएनएलाई अझै उचाईमा र्पुयाउन धेरै काम गर्न सम्भव भएको बताउँदै एक विज्ञप्ती जारी गरि ‘एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधार तथा गैरआसिय नेपालीमाझ स्वदेशमा लगानिका ब्यवस्थित अवसर सृजना गर्न आफ्नो अनुभव र सिपलाई उपयोग गर्नेगरि महासचिव पदमा उम्मेद्वारी दिएको घोषण गरेका थिए ।

विदेशिएका नेपालीलाई संगठित गर्दै अभियानको रुपमा स्थापित भएको एनआरएनएले हाल ७७ देशमा सांगठनिक उपस्थिति जनाएको छ । एनआरएनएको विश्व सम्मेलन काठमाडौंमा १४–१७ अक्टोबरमा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप