केपी ओलीबाट ‘नगद’ त ल्याउनुपर्यो नि !

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता एवं पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले यो पार्टी उपेन्द्र यादव र महन्थ ठाकुरको एकलौटी नभएको बताएका छन् । महन्त ठाकुर र राजेन्द्र महतोले ओलीसँग उधारो सहमति गर्न नहुनेमा उनको जोड छ ।
‘केपी ओली अहिले प्रधानमन्त्री छन्, उनीबाट नगद पाइन्छ भनेर दुईजना नेताहरूले भन्दै हिँडेका छन् भने नगद त ल्याउनुपर्‍यो नि’ नेता राईले रातोपाटीसँगको द भ्यु टक सो कार्यक्रममा भने, ‘उहाँहरूले पाँचवटा माग राख्नुभएको छ । तर अहिलेसम्म पाँचवटा मागमध्ये एउटा पनि पूरा भएको छैन ।’
प्रस्तुत छ जसपा नेता राईसँग गरिएको भिडियो वार्ताको सम्पादित अंश –
अहिले उपेन्द्र यादव र बाबुराम भट्टराई एक ठाउँमा हुनुहुन्छ । उहाँहरू केपी ओलीको सरकारको विकल्प खोजिरहनुभएको छ । तर राजेन्द्र महतो र महन्थ ठाकुरको फरक लाइन छ । यही कारण जसपाले बोल्ड डिसिजन दिन नसकेको हो ?
यो न उपेन्द्र यादवको, न महन्थ ठाकुरको एकलौटी पार्टी हो । पार्टीका सदस्य र पदाधिकारीहरू हुन्छन् र त्यसैको निर्णयअनुसार उहाँहरू अघि जाने हो । दिशा र दशा तय गर्ने हो ।
विगतको पार्टीको निर्णय हेर्ने हो भने ओली प्रतिगमनकारी हुन् । उनलाई परिवर्तन गर्नुपर्छ भनेर महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतलगायत हामीले मञ्चमा गएर भनेका होइनौँ र ?
त्यो निर्णय अहिलेसम्म हाम्रो पार्टीले उल्ट्याएको छ र ? ६ जनाले डबली बजाएर हुन्छ र ? कोहीले केपी ओली ठीक भन्छन्, कोहीले फलानो ठीक भनेर हुन्छ र ? हाम्रो पार्टीका केन्द्रीय सदस्य र पदाधिकारीहरूले केपी ओली प्रतिगमनकारी हुन् र केपी ओलीलाई पदच्युत गर्नुपर्छ । उनको निर्णयलाई परास्त गर्नुपर्छ भन्ने हाम्रो पार्टीको विगतको निर्णय हो ।
प्रचण्ड र शेरबहादुर देउवालाई पनि भेट्न गए । तर अहिलेसम्म त केपी ओलीले त बहुमत गुमाइसकेको अवस्था छ । प्रमुख प्रतिपक्षी दलका शेरबहादुर देउवाले म प्रधानमन्त्री बन्छु, निर्णय लिन्छु भन्ने हो भने सदनमा अविश्वासको प्रस्ताव दर्ता गरेको खोइ त । दर्ता गर्नुपर्ने हो कि होइन । त्यसपछि दुईवटा खेलाडी हुन्छन् ।
मैले विगतको निर्णय भनेँ । अहिलेको निर्णयको कुरा गर्ने हो भने त मैदानमा एकजना मात्रै खेलाडीका रूपमा केपी ओली छन् । हाम्रा माग पूरा ग¥यो भने सरकारमा सहभागी हुने भनेर पदाधिकारी बैठकले निर्णय ग¥यो, केन्द्रीय कार्यकारिणीमा त्यो अहिलेसम्म पुग्न सकेको अवस्था छैन ।
अब हामी मुद्दा मिल्ने दलहरूसँग सहकार्य गरेर अघि बढ्ने भनेर ५ जनाले निर्णय गरे । त्यसका निम्ति ५ जना शीर्ष नेतृत्वले वार्ता गर्ने, त्यसैक्रममा उपेन्द्र यादव वा बाबुराम भट्टराई होस् वा महन्थ ठाकुर, राजेन्द्र महतो केपी ओलीलाई भेट्न पनि गए ।
प्रचण्ड र शेरबहादुर देउवालाई पनि भेट्न गए । तर अहिलेसम्म त केपी ओलीले त बहुमत गुमाइसकेको अवस्था छ । प्रमुख प्रतिपक्षी दलका शेरबहादुर देउवाले म प्रधानमन्त्री बन्छु, निर्णय लिन्छु भन्ने हो भने सदनमा अविश्वासको प्रस्ताव दर्ता गरेको खोइ त । दर्ता गर्नुपर्ने हो कि होइन । त्यसपछि दुईवटा खेलाडी हुन्छन् ।
हाम्रो मुद्दाको कुरा गर्ने हो भने जोसँग मुद्दा मिल्छ, त्योसँग सहकार्य गरेर अघि बढ्ने भन्ने पार्टीको लाइन हो ।
तर यो लाइन अनौपचारिक हो । यो ५ जनाले मात्रै निर्णय गरेका हुन् । विगतको लाइन के हो भने यो सरकारले संसद् विघटन संवैधानिक रूपले गरेको हो, यो सरकारलाई पदच्युत गर्नुपर्छ भन्ने निर्णय आधिकारिक हो । यसमा स्पष्ट हुँदा हुन्छ ।
५० जना ५१ जना केन्द्रीय कार्यकारिणी समिति छ, भोलि त्यसमा छलफल होला, अर्को निर्णय आउला । त्यतिबेलासम्मका लागि यही नै आधिकारिक निर्णय हो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाजीमा म प्रधानमन्त्री बन्छु भन्ने चाहना भित्रैदेखि देखिएन भन्ने तपाईंको कुरा हो ?
विलकुल हो । छ भने आउनुपर्‍यो । हाम्रो माग र मुद्दा सम्बोधन गरेर आउँछौँ भनेर भन्नुपर्यो, अविश्वास प्रस्ताव सदनमा टेबल गर्नुपर्यो ।
त्यसपछि हामी निर्णय गर्छौं ।
देशमा गणतन्त्रको जनक भनेको माओवादी हो । त्यही गणतन्त्रमाथि प्रहार हुँदा माओवादी चुप लागेर बस्छ भने कति दुर्भाग्य हो । त्यही सङ्घीयता र समावेशितामा प्रहार हुँदा हाम्रो दल चुप लागेर बस्यो भने पनि दुर्भाग्य हो ।
भनेपछि शेरबहादुर देउवाजीले केपी ओलीप्रति नै कहीँ न कहीँ रुचि देखाइराख्नुभएको छ ?
त्यो विगतदेखि नै देखिइरहेको हो । अहिले पनि संवैधानिक नियुक्तिमा भागवण्डा पाउनुभएकै छ । आन्दोलनका बेला हामी एकधारमा थियौँ । काँग्रेसमा दुई धार थियो– एउटा प्रतिगमनकारी हो, यसलाई पदच्युत गर्नुपर्छ र निर्णय रद्द हुनुपर्छ भन्ने धार र देउवाजीको अर्को धार, जसको निर्णय अदालतले जे भन्छ, त्यो मान्छौँ भन्ने नै थियो ।
जेहोस्, आधा–आधामा विभाजित भयो नि । लोकतन्त्र र प्रजातन्त्रको ठेकेदार हौँ भनेर काँग्रेसले आफूलाई ठान्ने तर त्यही लोकतन्त्रमाथि प्रहार हुँदा प्रतिरक्षाका लागि एक ढिक्का भएर नउभिने, यो त दुग्र्भाग्य हो नि देशका लागि ।
देशमा तीनवटा परिवर्तन भएको हो, तीनवटा जनक मान्नुपर्छ । त्यसमा सबैको सहयोग छ । त्यस्तो लोकतन्त्र र प्रजातन्त्रमा मेरो विमति होला । तर लोकतन्त्र र प्रजातन्त्रको मुद्दा उठाएर उपलब्धितर्फ लैजाने काँग्रेस हो ।
सङ्घीयता ल्याउने, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी गराउने हामी मधेसी दल हौँ ।
देशमा गणतन्त्रको जनक भनेको माओवादी हो । त्यही गणतन्त्रमाथि प्रहार हुँदा माओवादी चुप लागेर बस्छ भने कति दुर्भाग्य हो । त्यही सङ्घीयता र समावेशितामा प्रहार हुँदा हाम्रो दल चुप लागेर बस्यो भने पनि दुर्भाग्य हो । त्यस्तै लोकतन्त्र र प्रजातन्त्रमाथि प्रहार हुनु, सबै संरचना कब्जा गर्नु, जे मनलाग्यो त्यही गर्नु, संविधान र कानुनको खिल्ली उडाउँदा पनि चुप लाग्नु वा विभाजित भएर काँग्रेसको भर्सन आउनु भनेको देश र उनको पार्टीका लागि दुर्भाग्य हो ।
मानिलिऊँ तपाईंहरूले अविश्वासको प्रस्ताव नै टेबुल गर्नुभयो । तर अहिलेको अवस्थामा जसपालाई पनि माओवादी केन्द्र र काँग्रेसप्रति विश्वास नभएको अथवा ती दलहरूलाई एकअर्काप्रति विश्वास नभएको, भोलि जतिबेला अविश्वास प्रस्ताव अघि बढ्छ, तब त्यो पारित नभएर केपी ओली पदमा रहनुभयो भने त उहाँको अवधि अझै लामो समयसम्म अघि बढ्छ । त्यो कुराले कहीँ न कहीँ भूमिका खेलेको छ ?
राजनीतिमा विश्वास केका लागि ? दुईवटा फरक परिवेश, फरक परिवार र जात भएकाहरू हामी विवाह गर्छौं र बन्धनमा रहन्छौँ । यद्यपि, त्यो टिक्छ कि टिक्दैन भन्ने ग्यारेन्टी त हुँदैन नि ? तर सम्बन्ध त विश्वासमै रहन्छ ।
काँग्रेससँग स्थानीय तहको चुनावमा साझेदारी हुँदाहुँदै हिजो माओवादी केन्द्रले आम चुनावमा त अर्कै गठबन्धन त गरेकै हो नि ?
त्यही मैले भने । जीवनभरीका लागि ग्यारेन्टी गरेर सातफेरा लिन्छौँ, हामी निकाह पढ्छौँ । तर त्यसको ग्यारेन्टी कसले लिने, दीर्घकालीन हुन्छ भन्ने ग्यारेन्टी छ भने त सम्बन्ध विच्छेद किन भइरहेको छ ?
यो त राजनीतिक दल हो नि, फरक एजेन्डा, फरक विचार, फरक घोषणापत्र र फरक चुनाव चिन्हसहित अगाडि आएका हुन् । तर तत्कालीन मुद्दा के हो, त्यसमा विचार गरेर विश्वास गरेर अघि बढ्नैपर्ने हो ।
श्रीमान्–श्रीमती त सधैँ सँगै हुन्छौँ भन्ने विश्वास हुँदैन । अनि राजनीतिक दलको सम्बन्ध त क्षणिक मात्र हो नि । एउटै दल बन्यो र फुट्यो पनि त ।
अनि दुईवटा दल मिलेर जाँदा अहिलेको आवश्यकता के हो, त्यो ख्याल गर्नुपर्छ । अहिलेको अवस्था मैदानमा एउटै खेलाडी केपी ओली मात्रै छन् । रेफ्री पनि उही र दर्शक पनि आफै छन् । तर कोही उपेन्द्र यादव वा बाबुराम भट्टराईको लाइनमा छन् भने त्यो पार्टीको लाइन हो ।
तपाईंलाई यति टिप्पणी गर्दा उपेन्द्र यादव वा बाबुराम भट्टराईको मान्छे भन्छन् भन्ने आपत्ति हो ?
होइन, म किन उहाँको मान्छे । म त उपेन्द्र यादवकै विरुद्धमा पार्टी विभाजनसम्मको आरोप खेपेको मान्छे । हामीले त्यो गर्दा नै राजपा र सङ्घीय समाजवादी पार्टी एकीकरण भएर जसपा निर्माण भएको हो ।
तपाई आफैले शृङ्खला कोट्याउनुभयो । त्यहीबेला भएको चाहिँ के थियो ? प्रधानमन्त्रीले पनि राजनीतिक विभाजनसम्बन्धी एउटा अर्को अध्यादेश ल्याउनुभएको थियो । तपाईं मन्त्रिपरिषद्मै हुनुहुन्थ्यो । तपाईंलाई जे मन्त्रालय मिलेको थियो, त्योभन्दा थप शक्तिशाली मन्त्रालय दिने कुरा पनि चर्चामा आएकै हो ?
मानिसहरूले उपेन्द्र यादवले राजीनामा दियो, इस्तियाक राईले राजीनामा दिँदैन भनेर पनि हल्ला चलाए । पार्टीमा बसेसम्म म पार्टी लाइनबाट बाहिर जाने कुरै हुँदैन । पार्टीमा बस्दाखेरी मैले पार्टीको निर्णय स्विकार्ने हो तर मेरो विचार, मेरो फरक दृष्टिकोणलाई कसैको निर्णयले रोक्न त सक्दैन । बहुमतको निर्णयलाई स्वीकार्न सक्छु तर आफ्नो विचारलाई मारेर बस्न त सक्दिनँ होला । हाम्रो मतभिन्नता थियो र अहिले पनि हुनसक्छ । म उपेन्द्र यादव र बाबुरामको मान्छे होइन, म पार्टीको मान्छे हुँ ।
अहिलेको वर्तमान परिवेशमा के उपयुक्त छ त्यसैमा जानुपर्छ ।
केपी ओलीले त्यो बेला यो देशको एकीकरण गरेर अघि बढ्नुपर्छ । हामीबाट गलत भयो भन्ने दुई बुँदे सहमतिसहित हामीलाई बोलाए, हामी गयौँ । व्यक्ति त व्यक्ति हो नि । आज निरङ्कुश हुन्छ, फेरि प्रजातान्त्रिक हुनसक्छ ।
भन्नाले त्यतिबेला राजीनामा नगर्नु ठीक थियो ?
राजीनामा मैले गरेँ । त्यो ठीक थियो । पार्टीले राजीनामा गर्ने निर्णय ग¥यो किनकि केपी ओलीले हामीसँग गरेका प्रतिबद्धताहरू पूरा गरेनन् । २ वर्ष पुग्नलाग्दा पनि गरेनन् । त्यतिबेला हाम्रो पार्टीका अध्यक्ष उपेन्द्र यादवले मन्त्रिपरिषद्मा हाम्रो नेतृत्व गरिराख्नुभएको थियो । उहाँले संविधान संशोधनका लागि कम्तीमा एउटा विज्ञ समूह गठन गरौँ भन्ने प्रस्ताव लग्दासमेत त्यसलाई बेवास्ता गर्नु र हुनै सक्दैन भन्ने शब्दहरू प्रयोग भएकाले पार्टीको निष्कर्ष केपी ओली सरकारबाट बाहिरिनुपर्छ भन्ने भयो । त्यो हामी सबैले स्विकार्‍यौँ । उपेन्द्र यादवजीभन्दा पहिले मैले राजीनामा गरेको हो नि, बजारमा उपेन्द्रजीको हल्ला पहिले पुग्यो । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मेरो राजीनामा पहिले दर्ता भएको हो ।
केपी ओलीले त्यो बेला यो देशको एकीकरण गरेर अघि बढ्नुपर्छ । हामीबाट गलत भयो भन्ने दुई बुँदे सहमतिसहित हामीलाई बोलाए, हामी गयौँ । व्यक्ति त व्यक्ति हो नि । आज निरङ्कुश हुन्छ, फेरि प्रजातान्त्रिक हुनसक्छ ।
व्यक्तिको दिमाग बिग्रियो भनेर के गर्ने, सांसद् कहिलेसम्म कायम राख्ने, प्रधानमन्त्री कहिलेसम्म कायम रहने भनेर हामीले विकल्प पनि राख्छौँ नि । किनकि यस्तो हुनसक्छ । व्यक्ति त सुध्रन पनि सक्छ । त्योबेला किन बस्नुभयो मन्त्रिपरिषद्मा ? अहिले किन ठीक छैन भन्ने होइन । केपी ओली भोलि फेरि ठीक हुनसक्छन्, उहाँसँग मेरो व्यक्तिगत दुस्मनी होइन । औषधि खायो भने त मान्छे निको पनि हुन्छ नि ।
त्यसो भए प्रधानमन्त्रीका लागि औषधि के त ?
उहाँले कम्तीमा आत्मआलोचना गर्नुपर्छ । जुन व्यक्ति, हाम्रो देशको सर्वोच्च व्यक्तिलाई अदालतले असंवैधानिक निर्णय ग¥यो भन्यो, त्यो निर्णयलाई उहाँले च्यालेन्ज गर्नुभएको छ ।
अदालतले भन्यो नि, केपी ओलीको निर्णय असंवैधानिक हो । बदर मात्रै गरेको होइन नि । देशको प्रधानमन्त्रीले असंवैधानिक निर्णय गर्दा आत्मआलोचना गर्नुपर्छ कि पर्दैन ?
कुनै व्यक्तिसँग हामी जाने–नजाने आफ्नो ठाउँको कुरा हो । परिस्थिति त निर्माण भयो भने भोलि ओलीले मुद्दा सम्बोधन गरे, आत्मआलोचना गरे, सबै माग पूरा गरे भने सहकार्य हुनसक्छ । राजनीतिमा जे पनि सम्भव हुन्छ । ओली हाम्रा लागि दुस्मन त होइनन् नि ?
केपी ओलीले हिजो पनि हामीलाई गोली हानेका हुन् । माखे साङ्लोलगायत शब्दहरू प्रयोग गरेकै हुन् तर त्यसपछि पनि हामी उनको सरकारमा पनि गएकै हौँ । उहाँले दुई बुँदै सहमति गर्नुभयो– विगतमा हामीबाट त्रुटि भयो भनेर । त्यो आत्मआलोचना नै हो नि । एउटा पक्षको माग यसमा छैन, त्यसकारण संविधान संशोधन हुनैपर्छ भन्नुभयो हामी गयौँ ।
तर पनि केपी ओलीको नेतृत्वमा जाने वा अरू कोहीको नेतृत्व आउला र गइएला तर गलतलाई हामी गलत भन्छौँ । बहुमतले ममाथि निर्णय गरेर मलाई कुनै काम गर्न बाध्य गर्नसक्छ तर मेरो विचारलाई कहिले पनि मार्न सक्दैन ।
अहिलेकै अवस्थामा तपाईंहरूले वर्तमान प्रधानमन्त्रीलाई सपोर्ट गर्ने आधार छ कि छैन ?
अहिलेसम्म त कुनै आधार निर्माण भएको छैन ।
तर हुनसक्ने सम्भावना देख्नुहुन्छ ?
तपाईंले नै भन्नुभयो नि, राजेन्द्र महतो र महन्थ ठाकुरले अहिलेकै प्रधानमन्त्रीलाई सपोर्ट गर्नसक्छौँ भन्नुभएको छ । तर त्यसको पनि आधार त हुनुप¥यो नि । उहाँहरूले पाँचवटा माग राख्नुभएको छ । तर अहिलेसम्म त्यो पाँचवटा मागमध्ये एउटा पनि पूरा भएको छैन । केपी ओली अहिले प्रधानमन्त्री छन्, उनीबाट नगद पाइन्छ भनेर दुईजना नेताहरूले भन्दै हिँडेका छन् भने नगद त ल्याउनुपर्‍यो नि ।
भनेपछि उधारोमा सहमति खोज्नुभएन ?
भर्खरै तपाईंले भन्नुभयो नि, खेलाडी, गोलकिपर, दर्शक तपाईं आफै । अब बैङ्क तपाईंको, म्यानेजर, सीईओ तपाईं भने त गरिदिए हुन्छ । अर्कोले त रेफ्री पनि बन्छु, खेलाडी पनि बन्छु, दर्शक पनि बन्छु र त्यसपछि सहमति गर्छु भन्दैछ । उहाँ (ओली) त अहिले सबै हो नि, अनि उहाँका अनुयायीले त त्यस्तो निर्णय गरेर हामीलाई दिए हुन्छ । त्यसपछि पार्टीले विचार गर्ने हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
आर्सनल र नटिङघम कमजोर, लिभरपुलले प्रिमियर लिगको उपाधि सजिलै कब्जा गर्ने सम्भावना
१२ बजे, १२ समाचार : थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्तादेखि रविको पक्राउपछि रास्वपाले जनता सम्झियोसम्म
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने
‘अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्थापनमा सरकारले पहल गर्ने’
म्यान्मामा एक हप्तामा ८१ वटा परकम्प
१० बजे १० समाचार : ओली र मोदीको अठोटदेखि जनयात्रामा अन्तिम इच्छाको चर्चा