भारतमा कोरोनाको खोप लगाउनेलाई बढी ब्याज
भारतमा कोरोनाको दोस्रो लहरका बीच खोप अभियान व्यापक रुपमा जारी छ । खोप अभियानका लागि मानिसहरुका जागरुकता ल्याउन र यसलाई प्रोत्साहन दिन सेन्ट्रल बैंक अफ इन्डियाले एउटा योजना ल्याएको छ । यसमा भ्याक्सिन लगाइसकेका मानिसहरुलाई फिक्स्ड डिपोजिटमा बढी ब्याज दिइन्छ ।
के हो यो योजना ?
सेन्ट्रल बैंक अफ इन्डियाले फिक्स्ड डिपोजिट योजना सार्वजनिक गरेको छ । यसको नाम इम्यून इन्डिया डिपोजिट हो । यसअन्तर्गत फिक्स्ड डिपोजिट गराउँदा हालको रेटभन्दा ०.२५ बढी फाइदा पाइनेछ ।
कसलाई फाइदा ?
यो योजना ती मानिसहरुले पाउँछन् जसले कोभिड भ्याक्सिन लगाएका छन् । उनीहरुलाई ०.२५ प्रतिशत बढी ब्याज दिइनेछ । यस्तै ज्येष्ठ नागरिकलाई ०.५० प्रतिशत ब्याज दिइनेछ । जसले भ्याक्सिन लगाएका छैनन्, उनीहरुले यसको लाभ उठाउन सक्दैनन् ।
कोविड 19 के अधीन वैक्सीन लगवाने हेतु प्रेरित करने के क्रम में सेन्ट्रल बैंक ऑफ इंडिया ने उन नागरिकों जिन्होंने वैक्सीन लगवायी है के लिए 25 आधार बिंदु अधिक अतिरिक्त आकर्षक ब्याज दर पर 1111 दिनों हेतु “इम्युन इंडिया डिपॉजिट योजना” नाम से विशेष जमा उत्पाद प्रारंभ किया है. pic.twitter.com/KsT5F1SqDn
— Central Bank of India (@centralbank_in) April 12, 2021
यसको फाइदा कहिलेसम्म ?
बैंकले सोसल मिडिया पोस्टमा यो योजनाबारे जानकारी दिएको छ । स्किमको मेचोरिटी पिरियड १,१११ दिन हो । यसलाई सिमित अविधिका लागि लागू गरिनेछ । यो योजना अन्तर्गत भ्याक्सिन लगाउने ज्येष्ठ नागरिकले डिपोजिट गराउँदा ०.५० प्रतिशत ब्याज पाउनेछन् । बैंकका अनुसार धेरैभन्दा धेरै मानिसहरुलाई खोप लगाउन प्रेरित गर्नका लागि यो स्किम लञ्च गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल
-
‘बोक्सीको घर’ बारे प्रिमियरमा कसले के भने ?
-
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : नेता पौडेल
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
-
गाजाका जनतालाई दिएको समर्थनबारे मलाला यूसुफजाइको स्पष्टीकरण