शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा उदयपुरकोे लालपत्तामा

शुक्रबार, ०३ वैशाख २०७८, १२ : ३८
शुक्रबार, ०३ वैशाख २०७८

उदयपुर । सिटिजन्स बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उदयपुरको लालपत्तामा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्तामा १०९ ओैँ शाखा रहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी रोमा कुमारी थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । 

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप