शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा थप ३० जना कोरोना संक्रमितको मृत्यु

शुक्रबार, ०३ वैशाख २०७८, ०७ : ०४
शुक्रबार, ०३ वैशाख २०७८

लन्डन । बेलायतमा बितेको २४ घन्टामा दुई हजार छ सय ७२ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

यससँगै बेलायतमा संक्रमितको संख्या ४३ लाख ८० हजार ९७६ पुगेको छ । इंग्ल्याण्डमा तीन महिना भन्दा लामो लकडाउन गत सोमबारबाट खुल्ला गरिएको छ । 

लकडाउनका कारण संक्रमण दरमा कमि आएको र लकडाउनपछि पुनः संक्रमण बढ्न सक्ने धेरैको अनुमान छ ।  

बेलायतमा सक्रिय संक्रमितको संख्या एक लाख ४० हजार ४४७ छ भने ४१ लाख १३ हजार ३३८ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार १९१ पुगेको छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये अमेरिका, ब्राजिल, मेक्सिको, भारतपछि बेलायत पाँचौं स्थानमा छ ।

अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि कमि आएको छ । बिहीबार  सार्वजनिक तथ्याँक अनुसार हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ३५१ छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा २०१ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या दुई हजार ३९३ मा झरेको छ ।

४ करोड ९ लाख बढी खोप वितरण

बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि चार करोड ९ लाख ५८ हजार ३०३ डोज वितरण भएको छ ।

तीन करोड २४ लाख ४४ हजार ४३९ जनाले खोपको पहिलो र ८५ लाख १३ हजार ८६४ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप