लन्डनमा लागू औषधको कारोबार संलग्न रहेको आरोपमा एक नेपाली पक्राउ
शुक्रबार, ०३ वैशाख २०७८, ०६ : ५५
लण्डन । लण्डनमा लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा एक एक नेपाली पक्राउ परेका छन् ।
साउथइस्ट लण्डनस्थित प्लमस्टिड हर्बर्ट रोड बस्ने ३३ बर्षीय अमित अधिकारी हेरोइन र क्रयाक कोकिन आपूर्तिको अभियोगमा पक्राउ परेका हुन् ।
उनका साथमा लन्डनस्थित स्प्रिंगफिल्ड ग्रोभ चर्ल्टन बस्ने १९ बर्षीय समातर शर्माइकेलाई पनि पक्राउ गरिएको न्यूज शोपरले जनाएको छ ।
उनीहरुलाई गत शुक्रबार ९ अप्रिलका दिन नियमित गस्तीमा खटिएका इन्स्टिच्युट रोड नजिक लागू औषध कारोवार गरिरहेको अवस्थामा भेटेको समाचारमा उल्लेख छ ।
आरोपित दुवै जनालाई गत १२ अप्रिलमा मिडवे म्याजिस्ट्रेट कोर्टमा उपस्थित गराइएको थियो । हाल हिरासतमा रहेका ति दुई युवालाई आउँदो मे १० मा मेडस्टोन क्राउन कोर्टमा उपस्थित गराइने समाचारमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकराल बन्दै डढेलो
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र