‘पढाइको नयाँ फन्डा–मेरो स्कुल’ सार्वजनिक
बिहीबार, ०२ वैशाख २०७८, १९ : ०१
काठमाडौं । एस्ट्रिक टेक्नोलोजिले डिजिटल ई–लर्निङ प्लेटफर्म ‘मेरो स्कुल’ सार्वजनिक गरेको छ ।
कोभिड–१९ का कारण छुटेको पढाइलाई पूर्णता दिन र संक्रमण जोखिमका कारण भौतिक ट्युसन तथा कोचिङ्ग पठाउन तथा स्कूल जान नचाहने अभिभावक तथा विद्यार्थीहरुलाई लक्षित गर्दै यस प्लेटफर्म सार्वजनिक भएको हो ।
प्रविधिकै प्रयोग गरी विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले यस प्लेटफर्म को विकास गरिएको टेक्नोलोजिज्ले जनाउको छ । ‘पढाइको नयाँ फन्डा’ स्लोगनसहित सार्वजनिक भएको यो प्लेटफर्म ले डिजिटल माध्यमबाट विद्यार्थीहरुको पढाइमा सहयोग गर्ने विश्वास कम्पनीको छ ।
मेरो स्कुल एक डिजिटल इ–लर्निङ प्लेटफर्म हो जहाँ नेपाल सरकारको पाठ्यक्रममा आधारित ५ हजारभन्दा धेरै भिडियोहरू उपलब्ध छन् । यसका साथै पुराना प्रश्नपत्रहरू हल गरिएका भिडियोहरू पनि उपलब्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ
-
भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई