शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कतार एयरवेजले गर्यो जेटब्लुसँग रणनीतिक कोड शेयर साझेदारी

बिहीबार, ०२ वैशाख २०७८, १८ : ४७
बिहीबार, ०२ वैशाख २०७८

दोहा –कतार एयरवेजले जेटब्लुसँग आफ्नो रणनीतिक कोड शेयर साझेदारीको विस्तार घोषणा गरेको छ । जसले उक्त अमेरिकी क्यारियरका यात्रुहरूलाई अन्तर्राष्ट्रिय गन्तव्यहरूको लागि यात्रा बुक गर्न थप विकल्प र सुविधा प्रदान गर्नेछ । 

संयुक्त राज्य अमेरिका र दोहाबीच १९ अप्रिल २०२० देखि र दोहाभन्दा बाहेकका अन्य गन्तव्यहरूको लागि १ मे २०२० देखि सञ्चालन हुने कोड शेयर उडानहरूको लागि बिक्री सुरु भइसकेको छ ।

कतार एयरवेजका प्रमुख वाणिज्य अधिकारी थियरी एन्टिनोरीले भने, ‘महामारीको बावजुद पनि कतार एयरवेजले आफ्ना रणनीतिक एयरलाइन्स साझेदारहरूसँग बलियो सम्बन्ध बनाएको छ । एयरवेजले तीव्र वृद्धि भइरहेको नेटवर्कमा १३० भन्दा बढी गन्तव्यहरू सुनिश्चित गरेको छ । हामी जेटब्लुलाई हाम्रो व्यापक ग्लोबल नेटवर्कमा स्वागत गर्न पाउँदा प्रसन्न छौं ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप