शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

पार्किङको विवादमा एमाले सांसद बस्ने घरमा ढुंगा प्रहार

बिहीबार, ०२ वैशाख २०७८, १३ : २८
बिहीबार, ०२ वैशाख २०७८

काठमाडौं । काठमाडौंको शान्तिनगर स्थित एमालेका सांसद झपटबहादुर रावल बस्ने घरमा ढुंगा प्रहार भएको छ । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा उनले आफ्नो घरमा ढुंगामुढा हुँदा प्रहरीले वेवास्ता गरेको आरोप लगाए । गएराती पौने १२ बजेमा पार्किङको विषयमा विवाद भएको थियो ।

बाटोमा पार्किङ गरेको मोटरसाइकलको हावा खुस्काएपछि आक्रोशित समूहले हुलदंगा गरेका थिए । हुलदंगा गर्नेहरुलाई छलफलमा बोलाइएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दक्ष कुमार बस्नेतले रातोपाटीलाई बताए ।

‘दुवै पक्षलाई बोलाएर छलफल गराउँदै छौं’ डिएसपी बस्नेतले भने– ‘केही दिनअघि देखी विवाद भइरहेको थियो, हिजो उहाँ बस्ने घरमा एउटा ढुंगा हानेका रहेछन् ।’ ढुंगा प्रहारबाट घरमा क्षति पुगेको छैन् । विवाद भएको खबर आउनासाथ तत्काल प्रहरी पुगेको डिएसपी बस्नेतले बताए ।  (यसअघिको समाचारमा झपट रावलको तस्बिर हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ –सं)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप