शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वीरगञ्जबाट लागू औषधसहित भारतीय नागरिक पक्राउ

बिहीबार, ०२ वैशाख २०७८, १३ : ००
बिहीबार, ०२ वैशाख २०७८

काठमाडौं । पर्साको वीरगञ्जबाट प्रहरीले लागु औषधसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । बुधवार राती वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट बिहारको मोतिहारी घर भएका २५ वर्षीय भोला दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

भोलाको साथबाट प्रहरीले डाइजेपाम ४ सय ९६ एम्पुल, फेनारगन ४ सय ९६ एम्पुल र सोही परिमाणको नुर्फिन बरामद गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप