बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाम गठबन्धनबाट बाहिरिने नयाँ शक्तिको धम्की

बिहीबार, २६ असोज २०७४, १० : १६
बिहीबार, २६ असोज २०७४

काठमाडौँ । टिकट बाँडफाँडमा आफ्नो पार्टीलाई सम्मान नगरिएको भन्दै बामगठबन्धनको एक शक्ति नयाँ शक्ति पार्टी, नेपालले गठबन्धनबाट बाहिरिने धम्की दिएको छ ।

टिकट बाँडफाँडका लागि कार्यदल बनेको एक साता हुन लाग्दा पनि अहिलेसम्म कति प्रतिशत उम्मेद्वार नयाँ शक्तिलाई दिने भन्ने विषय टुंगिएको छैन । प्रतिशत नटुंगिएको भन्दै टिकट बाँडफाँड कार्यदल बैठकमा नयाँ शक्तिका नेता गएका छैनन् ।

नयाँ शक्तिले चाहीँ आफ्नो पार्टीलाई १५ प्रतिशत सीट चाहिने बताएको छ । यद्यपी यो पार्टीले संवादका आधारमा प्रतिशत घटाउन सकिने विकल्प पनि अगाडि सारेको छ ।

‘अहिलेसम्म हाम्रो पार्टीलाई कति प्रतिशत टिकट दिने भन्ने तय भएको छैन् । यस्तो अबस्थामा हामी आन्तरिक छलफल गर्न पनि पाएका छैनौँ ।’ नयाँ शक्तिका एक केन्द्रीय कार्यकारणी समिति सदस्यले भने, ‘धेरै अपमान भयो भने हामी त्यहीँ बसिरहनुपर्छ भन्ने छैन् ।’

स्रोतका अनुसार नयाँ शक्तिभित्र सम्मानजनक टिकट नपाए आफ्नै तरिकाले चुनावमा जानुपर्छ भन्ने विषयमा पनि मत उठेको छ । गठबन्धन बनेलगत्तै नयाँ शक्तिले सूर्य चिन्हबाट चुनाव लड्ने बताएको छ ।

उता गोरखा–२ मा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको दावी रहेपछि यो क्षेत्रमा पनि समस्या आएको छ ।

एकातिर नयाँ शक्तिको यस्तो धम्की आएको छ भने अर्कोतिर टिकट बाँडफाँड कार्यदलले आफ्नो काम अझै सकेको छैन् । एमाले र माओवादी केन्द्रवीच टिकट बाँडफाँडको विषय अझै टुंगिएको छैन । कार्यदलले एक सातादेखि आफ्नो काम थालेको छ ।

गठबन्धनमा आउने तयारीमा रहेका माले र जनमोर्चालाई पनि कसरी मिलाउने भन्नेमा गठबन्धनभित्र छलफल भएको छ । मालेले केन्द्रमा ५ र प्रदेशमा १० सीट मागेको छ ।

गठबन्धन हुँदा एमालेलाई ६० र माओवादीलाई ४० प्रतिशत सीट रहने गरि बाँडफाँड गर्ने सहमति बनेको थियो । यसमा साना दल आए ठूला दलले आ–आफ्नो प्रतिशतबाट छुट्टाउने सहमति बनेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप