दक्षिण अफ्रिकाका राजदूत डा विश्वकर्माद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
दक्षिण अफ्रिकाका लागि नेपाली आवासीय राजदूत डा. निर्मल कुमार विश्वकर्माले त्यहाँका राष्ट्रपति इरिल रामाफोसा समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन् । एक समारोहका बीच आयोजित कार्यक्रममा दक्षिण अफ्रिकाका परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू उपस्थिति थियो ।
उक्त अवसरमा राजदूत विश्वकर्माले राष्ट्रपति विद्यादेवी भण्डारीको त्यहाकाँ राष्ट्रपति र अफ्रिकी जनताप्रतिको शुभकामना सन्देश प्रवाह गरेका थिए ।
कार्यक्रममा दक्षिण अफ्रिकाका राराष्ट्रपति इरिल रामाफोसाले राजदूत विश्वकर्मालाई स्वागत गरेका थिए ।
त्यस अगाडि राजदूत डा. विश्वकमालाई गार्ड अफ अनर प्रदान गरिएको थियो ।
राजदूत विश्वकर्माले दक्षिण अफ्रिकाका पुगेर कार्यभार सम्हालेको एक हप्तामा ओहोदाको प्रमाण पत्र प्रस्तुत गरेका हुन् ।
गत फागुन ११ गते राष्ट्रपति भण्डारीले विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने