बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जर्सिङपौवामा २१० देशको झण्डा फहराइयो

बुधबार, ०१ वैशाख २०७८, १५ : ५७
बुधबार, ०१ वैशाख २०७८

काठमाडौं । काठमाडौंको पूर्वी क्षेत्र थाना भन्ज्याङ, जर्सिङपौवामा विश्वका २१० देशको झण्डा फहराइएको छ । पूर्वी सहर हराभरा सहरको अभियान अनुरुप शान्तिको देश नेपालको भाइचाराको सन्देश विश्व सामु दिने उद्देश्यसहित सो स्थानमा झण्डा फहराइएको हो ।

काठमाडौं पूर्वी क्षेत्र चाबहिल जोरपाटी साँखु पूर्वी क्षेत्रका उद्योग व्यवसायी, राजनीतिज्ञ, समाजसेवी, बुद्धिजीवी लगायतका व्यक्तित्वहरुको संयुक्त पहलमा पूर्वी क्षेत्र हराभरा सहर अभियानको थालनी भएको छ ।  सो अभियानले जर्सिङपौवा थानाभन्ञ्याङस्थित सामुदायिक वनलाई दुई वर्षभित्र व्यवस्थित हरित सहर बनाइ छाड्ने संकल्प लिएको छ । 

सो अभियानका संयोजक समेत रहेका समाजसेवी कृष्ण केसीले दुई वर्षभित्र सो क्षेत्रमा अधिकतम ४० हजार बोट बिरुवा रोप्ने बताए । ‘एक घर, एक बिरुवा अभियान’ अनुसार पूर्वी क्षेत्रमा अधिकतम वृक्षारोपण गर्ने र सो क्षेत्रमा व्यवस्थित पर्यावरणीय पार्क, पिकनिक स्पर्ट तथा पर्यटन क्षेत्रको रुपमा समेत विकास गरिने बताए । 

त्यसो त सो अभियानका लागि सहरी विकास मन्त्रालय अन्तरगत ३ करोड रुपैयाँ चालू आर्थिक वर्षमै छुट्याइसकेको समेत उनले जानकारी दिए । सो अवसरमा अभियानमा ऐक्यबद्धता जनाउँदै रातोपाटीका संस्थापक प्रधान सम्पादक ओम शर्माले सो अभियानले ठूलो अर्थ बोकेको बताउँदै अभियान सफल हुने नहुनेमा स्थानीयहरुको भूमिका महत्त्वपूर्ण हुने बताए । 

कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले सो अभियानलाई राज्यले समेत आत्मसात गर्नुपर्नेमा जोड दिए । काठमाडौंको पूर्वी क्षेत्र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रसँग समेत जोडिएको थानाभन्ञ्याङ उपभोक्ता सामुदायिक वन १६६.५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप