बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘मेयर साइकल दौड’ प्रतियोगिता : वालिङका प्रमुख खाँड प्रथम

बुधबार, ०१ वैशाख २०७८, १५ : १३
बुधबार, ०१ वैशाख २०७८

पोखरा । पोखरामा आयोजित मेयर साइकल दौड प्रतियोगिताको उपाधि वालिङ नगरका प्रमुख दिलिप विक्रम खाँडले जितेका छन् । नयाँ वर्षको अवसर पारेर पोखरा महानगरपालिकाले आयोजना गरेको प्रथम मेयर साइकल दौड प्रतियोगिताको उपाधि स्याङजाको वालिङ नगरपालिकाका प्रमुख खाँडले जितेका हुन् ।

पोखरा लेकसाइड स्थित फेवातालको किनार हल्लन चोकबाट सुरु भएको पाँच किलोमिटर दौड १५ मिनेट ३१ सेकेन्डमा पूरा गदै मेयर खाँडले १० तोला चाँदीको मेडल, सम्मानपत्र र दोसल्ला प्राप्त गरेका हुन् । प्रतियोगितामा दोश्रो स्थान हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाका प्रमुख विष्णुबहादुर लामाले प्राप्त गरेका छन् । उनले १५ मिनेट ३८ सेकेन्डमा निर्धारित दुरी पूरा गदै सात तोलाको चाँदीको मेडल, प्रमाणपत्र र दोसल्ला प्राप गरेका हुन् ।

त्यस्तै प्रतियोगितामा कास्कीको माछापुच्छ्रे गाउँपालिकाका प्रमुख करणबहादुर थापाले १६ मिनेट ४६ सेकेन्डमा निर्धारित दुरी पार गरी तेश्रो स्थान हासिल गदै पाँच तोलाको चाँदीको मेडल, प्रमाणपत्र र दोसल्ला जितेका छन् ।  पोखरा महानगरपालिकाले पहिलो पटक आयोजना गरेको मेयर साइकल दौड प्रतियोगितामा विभिन्न नगरपालिका र गाउँपालिकाबाट ९ जनाले प्रतियोगिताका रुपमा सहभागिता जनाएका थिए ।

नयाँ वर्षको अवसरमा स्थानीय सरकारका प्रमुखहरुलाई एकै ठाँउमा जम्मा गरेर अनुभव आदान प्रदानसँगै वातावरण मैत्री विकासलाई प्राथमिकता दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले बताए । उनले आगामी दिनहरुमा समेत यस्ता खालका कार्यक्रमको आयोजना गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप