शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देवघाटमा स्नान गर्नेको भीड

बुधबार, ०१ वैशाख २०७८, १५ : ०२
बुधबार, ०१ वैशाख २०७८

चितवन । पवित्र तीर्थस्थल देवघाटमा नयाँ वर्षको दिन स्नान गर्नेको भीड बढेको छ । विशेषगरी चितवन, तनहुँ र नवलपुर क्षेत्रका स्थानीयवासी स्नान गर्न बढी आएका छन् ।  देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार नयाँ वर्षको दिन स्नान गर्ने तीर्थयात्रीहरु आउने गर्दछन् । बिहान सबेरैदेखि तीर्थालु स्नानका लागि आएको उनले जानकारी दिए । गत वर्ष कोरोना सङ्क्रमणका कारण भक्तजनलाई स्नानका लागि रोक लगाइएको थियो । यस वर्ष ४० हजारभन्दा बढी स्नानका लागि आउने अनुमान गरिएको उनले बताए ।

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्ने गर्दछन् । यस अवसरमा आज बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठो मीठो खाने, साथीभाइ तथा इष्ट मित्रसँग भेटघाट गरी एकआपसमा शुभकामना साटासाट गर्ने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप