बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङ ग्यालेक्सी एम६२ बजारमाः प्रोसेसर, क्यामेरा र ब्याट्रीमा नो कम्प्रोमाइज

बुधबार, ०१ वैशाख २०७८, १३ : ५९
बुधबार, ०१ वैशाख २०७८

काठमाडौं । सामसङले नेपाली बजारमा ग्यालेक्सी एम६२ सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी एम६२ मा क्यामरा, प्रोसेसर र ब्याट्रीमा विशेष महत्व दिएको छ । 

फोनमा वेस्ट इन क्लास सुविधा सहित ७एनएमको ९८२५ प्रोसेर रहेको छ । बारम्बार चार्ज गरिरहनु पर्ने झन्झटबाट मुक्ति दिन यसमा ७हजार एमएच ब्याट्री जडान गरिएको छ । २५ वाटको चार्ज सुविधा रहेको यो फोन २ घण्टामा पुरा चार्ज गर्न सकिन्छ ।

६ जिबी र्याम र १२८ जिबी स्टोरेजमा उपलब्ध ग्यालेक्सी एम६२ मा ४ वटा क्यामेरा रहेका छन् । जसमा ६४ मेगा पिक्सेल वाइड, १२ मेगा पिक्सेल अल्ट्रा वाइड, ५ मेगा पिक्सेल माइक्रो र ५ मेगा पिक्सेलको डेफ्थ क्यामरा रहेका छन् । यसमा फोके भिडियो खिच्न सकिने प्रविधि पनि जडान छ जुन ‘स्लो मो’मा सेल्फी खिच्न प्रयोग गर्न सकिन्छ ।

६.७ इञ्चको सुपर एमोलोइड डिस्प्ले सहितको फोन ब्लु, ​ग्रे​ र ग्रीन गरी तीन रङमा उपलब्ध छ । ग्यालेक्सी एम६२ को नेपाली मूल्य ४४ हजार ९ सय ९९ तोकिएको छ । स्पीड र पफर्मेन्सको लागि विशेष रुपमा निर्माण भएको यो फोन युवाहरुलाई लक्षित गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप