बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना संक्रमण

बुधबार, ०१ वैशाख २०७८, १३ : ३६
बुधबार, ०१ वैशाख २०७८

लखनउ । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री आदित्यनाथले आफूलाई कोरोना पोजेटिभ भएको जनाएका हुन् । बुधबार ट्वीटरमार्फत उनले आफू संक्रमित भएको जानकारी दिएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘सुरुवाती लक्षण देखिएपछि मैले कोभिड परीक्षण गराएँ र मेरो रिपोर्ट पोजेटिभ आएको छ ।’

उनले आफू सेल्फ आइसोलेसनमा रहेको र चिकित्सकको परामर्शलाई पूर्ण रुपमा पालन गरिरहेको जनाएका छन् । आफूले सबै काम ‘भर्चुअली’ सम्पादन गरिरहेको पनि उनले उल्लेख गरेका छन् । आफूसँग पछिल्लो समय सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन र परीक्षण गर्न पनि उनले सुझाव दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप