मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अब नर्भिक अस्पताल परिसरमा प्लाष्टिक ब्याग बोक्न नपाइने

बुधबार, ०१ वैशाख २०७८, १३ : १३
बुधबार, ०१ वैशाख २०७८

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले प्लाष्टिक ब्यागमा प्रतिवन्ध लगाउने भएको छ । 

अस्पतालको २८ औं वार्षिकोत्सवको अवसरमा प्रबन्ध निर्देशक मेघा चौधरीले नर्भिक अस्पताल क्षेत्रमा प्लाष्टिक ब्यागको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेकी हुन् । 

वातावरण जोगाउने उद्देश्यले प्लाष्टिक ब्याग प्रयोगमा रोक लगाउने नर्भिक देशकै पहिलो अस्पताल समेत बनेको प्रबन्ध निर्देशक चौधरीले बताइन् । 

यो घोषणासँगै अब अस्पताल जाने बिरामी, तिनका आफन्त तथा अन्य भिजिटरहरुले प्लाष्टिक र प्लाष्टिक जन्य ब्याग प्रयोग गर्न पाउने छैनन् । प्लाष्टिक ब्याग बोकेर अस्पताल प्रवेश समेत गर्न पाइने छैन । 

यसैगरी, नर्भिक अस्पतालले कोरोना महामारीको दोस्रो लहर आएसँगै आफ्नो २८ औं वार्षिकोत्सव अलि फरक शैलीमा मनाएको छ । 

जनस्वास्थ्यको मापदण्डहरु पालना गरेर मात्र उत्सवहरू मनाउन सरकारले गरेको आग्रहलाई साथ दिंदै नर्भिकले यस वर्ष अस्पताल परिसरकै मन्दिरमा पूजा लगाएर वार्षिकोत्सव मनाएको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप