ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
बुधबार, ०१ वैशाख २०७८, १३ : ००
सिरहा । सिरहाको लहान–ठाडी सडकखण्डमा लहान नगरपालिका–१९ मा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । उत्तरतर्फबाट दक्षिणतर्फ आउँदै गरेको स१त ६२७९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा लहान नगरपालिका–१९ निवासी अजय यादवका अढाई वर्षीय छोरा आंशिक यादवको मृत्यु भएको हो ।
आफ्नै घर अगाडि खेलिरहेका बालकलाई ट्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालकलाई ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै