शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘खैरे’का लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन (फोटोफिचर)

बुधबार, ०१ वैशाख २०७८, १२ : ५१
बुधबार, ०१ वैशाख २०७८

कुकुरको हत्या गरेको विरोधमा राजधानीमा पशु अधिकारकर्मीले प्रदर्शन गरेका छन् । बुधबार राजधानीको माइतीघरमा भेला भएका पशु अधिकारकर्मीहरुले दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । 

विभिन्न नारा अंकित प्लेकार्डसहित भेला भएका उनीहरुले ‘खैरे’ नामको सो कुकुरको विभत्स हत्याको कडा शब्दमा विरोध गर्दै पशु अधिकारको रक्षा गर्न माग गरे । 

केही दिनअघि काभ्रेको धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा दुईजना पुरुषले कुकुरलाई हिर्काएर हत्या गरेका थिए । बिजुलीको पोलमा कुकुरलाई बाँधेर दुईजना पुरुषले कोदालो र फलामको रडले टाउकोमा हिर्काएर कुकुरको हत्या गरेको भाइरल भिडियोमा देखिन्छ । 

८ वर्षको बालकलाई टोकेपछि उनका आफन्तले कुकुर मारेको भनिएको छ । चैत २९ मा जनावर प्रेमी सिर्जना पञ्जियार सहिको समूह र बनेपाको नेशनल एनिमल रिसर्च सेन्टरले कुकर मार्नेलाई कारवाही गर्नका लागी प्रहरीमा उजुरी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप