भारतमा २४ घण्टामा हालसम्मकै सर्वाधिक संक्रमित भेटिए, तीन दिन भित्रै ५ लाखभन्दा बढी पोजेटिभ केस
![भारतमा २४ घण्टामा हालसम्मकै सर्वाधिक संक्रमित भेटिए, तीन दिन भित्रै ५ लाखभन्दा बढी पोजेटिभ केस](https://rpcdn.ratopati.com/media/albums/Coronavirus_LmQTrMoANB.jpg)
भारतमा कोरोनाभाइरस संक्रमणको आँकडा तीब्र रुपमा बढिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा पहिलो पटक १ लाख ८५ हजार १०४ नयाँ संक्रमित भेटिए । यसका साथै, यो अवधिमा ८२,२३१ जना निको भए भने १०२६ को मृत्यु भएको छ । यसअघि ११ अप्रिलमा सर्वाधिक १.६९ लाख नयाँ बिरामी भेटिएका थिए । १२ अप्रिलमा पनि पोजेटिभ बिरामीको आँकडा १.६० लाख पार भएको थियो । यो आँकडालाई हेर्ने हो भने पछिल्लो तीन दिनमा मात्रै भारतमा नयाँ बिरामीको संख्या करिब ५ लाखको आँकडा पार भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार उत्तर प्रदेशमा मुख्यमन्त्री कार्यालयका थुप्रै अधिकारी र कर्मचारी कोरोना पोजेटिभ भेटिएका छन् । त्यसपछि मुख्यमन्त्री योगी आदित्यनाथले आफूलाई आइसोलेट गरेका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार देशव्यापी खोप उत्सवको तेस्रो दिन मंगलबार करिब ४० लाख मानिसहरुलाई भ्याक्सिनको डोज दिइयो । यसरी हालसम्म कूल ११.४३ करोडभन्दा बढीलाई भ्याक्सिन दिइसकिएको छ । यसअघि सोमबार ३७ लाख ६३ हजार ८५८ मानिसहरुलाई खोप दिइएको थियो ।
भारतको राजधानी दिल्लीमा कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारसँग सीबीएसईको १० र १२ को परीक्षा रद्द गर्नुपर्ने माग गरेका छन् । उनले देशभरी संक्रमण तीब्र रुपमा बढिरहेका कारण परीक्षा गर्नु अत्यधिक खतरा हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यकुमारीको बारीमा फल्यो एउटै लौका १६ किलोको
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टमा
-
पूँजीगत खर्च शत–प्रतिशत सुनिश्चित गर्न मन्त्री यादवद्वारा निर्देशन
-
मन्त्रिपरिषद बैठक : अर्थ मन्त्रालयको सचिव परिवर्तन
-
१० बजे १० समाचार : प्रधानमन्त्रीलाई पदमुक्त गर्न मागसहित मुद्दादेखि संसदमा ‘जनयुद्ध जिन्दावाद’को नारासम्म
-
आहा रारा पोखरा गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा