नासाले जारी गर्यो इन्जेन्युटी हेलिकोप्टरको पहिलो रंगिन तस्बिर, नयाँ वर्षको दिन पहिलो उडान
मंगल ग्रहमा अवतरण गरेको नासाको हेलिकोप्टर इन्जेन्युटी (Ingenuity ) अब उडान भर्नका लागि तयार देखिएको छ । नासाले इन्जेन्युटी हेलिकोप्टरको पहिलो रंगीन तस्बिर जारी गरेको छ । तस्बिरमा मंगल ग्रहको गेग्रीन जमिन देखिएको छ ।
मंगल ग्रहको भयंकर चिसो रातको सामना गरिरहेको नासाको इन्जेन्युटी हेलिकोप्टरको पहिलो रंगीन तस्बिर संसार सामुन्ने आएको छ ।
नासाको रोभर प्रिजरभरेन्सले मंगल ग्रहको सतहमा अवतरण गरेका इन्जेन्युटी हेलिकोप्टरको रंगीन तस्बिर खिचेको हो । यो सानो हेलिकोप्टर पहिलो पटक मंगल ग्रहमा उड्ने तयारी गरिरहेको छ ।
नासाका अनुसार यो हेलिकोप्टरले उडान भरेपछि थप सुन्दर स्पष्ट तस्बिरहरु आउनेछन् । सुरुमा हेलिकोप्टरले परीक्षण उडान भर्नेछ । परिक्षण उडानका दौरान हेलिकोप्टर ३० सेकेण्डसम्म हावामा रहेर त्यसपछि तल झर्नेछ । यो उडानको उद्देश्य भने मंगल ग्रहमा पनि उडान गर्न सकिने / नसकिने पत्ता लगाउनु रहेको छ ।
मंगल ग्रहमा पुग्दा यो रोभरसँग जोडिएको थियो भने पछि रोभरबाट अलग भएको थियो । यसलाई यस अर्थमा पनि सफल मानिएको छ किनकि मंगलमा रातको तापक्रम –९० डिग्री हुने गर्छ ।
अबको चरण भनेको यसको उडानको परीक्षण हुनेछ । नासाको जेट प्रपल्सन ल्याबमा हेलिकोप्टरको प्रोजेक्ट मेनेजर मिमी आन्गका अनुसार पहिलो पटक इन्जेन्युटी एक्लै मंगल ग्रहमा रहेको थियो । यसमा उपयुक्त सुरक्षाका लागि हिटर तथा चिसो रातमा बस्नका लागि पर्याप्त ब्याट्रीसमेत रहेको छ । यो टिमको लागि ठूलो सफलता हो र टिम अहिले यसको उडानलाई लिएर उत्साहितसमेत छ ।
पहिले हेलिकोप्टरको रोटर ब्लेड अनलक गरिएको छ । त्यसपछि यसको मोटर सेन्सर परीक्षण गरियो । यदि यसपछि परीक्षण उडानको दौरान हेलिकोप्टर टेक अफ तथा केही टाढा उडान भर्न सफल रह्यो भने यो अभियान ९० प्रतिशत सफल भएको ठहरिनेछ ।
यदि यसले सफलतापूर्वक अवतरण गरेर काम गरेको खण्डमा यसका अन्य चारवटा परीक्षण उडान हुनेछन् । मंगलमा रोबरक्राफ्टको आवश्यकता यसकारण पनि महसुस गरिएको हो किनभने मंगलको सतह एकदमै रफ छ ।
मंगलको कक्षमा परिक्रमा गरिरहेको आर्बिटरले धेरै उचाइबाट केही हदसम्मको सफा तस्बिर लिन सक्छ भने रोभरका लागि मंगलको हरेक सतहमा जान सम्भव छैन । यस्तोमा रोटरक्राफ्टको जरुरत यसकारण पनि परेको हो किनभने जो हरेक अप्ठेरो ठाउँमा जान सक्छ यसले हाइ डेफिनेशन तस्बिर पनि खिच्न सक्नेछ ।
नासाले हेलीकोप्टरको उडान १४ अप्रिलमा गर्ने जनाएको छ । नासाले यस उडानको प्रत्यक्ष प्रसारण पनि गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन : नेता कोइराला
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु
-
केटाको परिवारले होटलको ढोका ढकढक्याए, भित्रबाट सुनियो बच्चा रोएको आवाज
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल