शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

९० को दशकका यी अभिनेत्रीमाथि ज्यानै दिन तयार थिए प्रशंसक, के गर्छन् अहिले ?

मङ्गलबार, ३१ चैत २०७७, १४ : ५२
मङ्गलबार, ३१ चैत २०७७

९० को दशक एउटा यस्तो समय थियो जसले हाम्रो जीवनमा केही विशेष महत्व राख्छन् । यो दशकसँग जोडिएका यस्ता याद छन् जुन हामी कहिल्यै बिर्सन सक्दैनौं । त्यतिबेला बलिउडमा यस्ता केही अभिनेत्री आएका थिए जसले आफ्नो अभिनय कलाले हाम्रो मन चोरेका थिए । आज हामी ९० का दशकका ती अभिनेत्रीबारे कुरा गरिरहेका छौं जसमध्ये कोही आज पनि दर्शकको अगाडि सक्रिय छन् त कसैले आफ्नो दोस्रो करियर छनोट गरेका छन् ।

महिमा चौधरीः

परदेस फिल्मबाट दर्शकको मनमा घर बनाउन सफल महिमा चौधरीलाई अहिले पनि धेरैले याद गर्छन् । परदेसबाहेक धड्कन, खिलाडी ४२०, प्यार कोई खेल नहीँ, दिल क्या करेजस्ता थुप्रै फिल्ममा उनले काम गरेकी थिइन् । महिमाले आफ्नो सुन्दरताले धेरैको मन जितेकी थिइन् । यद्यपि, केही समयपछि उनी अचानक पर्दाबाट टाढा भइन् । एक अन्तरवार्तामा उनले दिल क्या करेको सुटिङका बेला उनको भयंकर दुर्घटना भएको र दुर्घटना यति भयानक थियो कि यसले उनको जीवनलाई नै बदलिएको उनले बताइन् । त्यसपछि उनले लाइमलाइटबाट टाढा बस्ने निर्णय लिइन् ।

जुही चावलाः

मिस इन्डियाको उपाधि जितिसकेकी जुही चावलाले फिल्ममा यस्तो जादु चलाइन् कि उनका प्रशंसक दिन दुगुना, रात चौगुणाको हिसाबले बढ्यो । जुहीले बलिउडमा एक से एक उत्कृष्ट फिल्ममा काम गरिन् र विवाहपछि पनि उनी थुप्रै फिल्ममा देखिइन् । शाहरुखसँग जुहीले आइपीएल टीम कोलकाता नाइट राइडर्समा आफ्नो लगानी गरिन् । यसका साथै उनको ड्रिम्स अनलिमिटेड नामको निर्माण कम्पनी पनि छ ।

रबिना टन्डनः

९० को दशकमा रबिनाको जलवा यस्तो थियो कि उनलाई आजसम्म पनि कसैले बिर्सन सकेका छैनन् । मस्त मस्त गर्ललाई उनको अभिनयका साथै उनको धमाकेदार नृत्य प्रस्तुतीका लागि पनि चिनिन्छ । रबिना टन्डन आजकाल फिल्ममा अभिनय त गरिरहेकी छैनन् तर उनी ब्रान्ड प्रोमोशनमा भने देख्न सकिन्छ । उनले एउटा डान्स रियालिटी शो पनि जज गरेकी थिइन् ।

प्रीति जिन्टाः

डिम्पल गर्ल प्रीतिले आफ्नो सुन्दरताले धेरैलाई मोहित पारेकी छिन् । ९० को दशकमा बलिउडमा सायद कोही अभिनेत्री थिएनन् जो उनी जत्ति क्यूट थिए । प्रीतिले बलिउडमा एक से एक हिट फिल्ममा काम गरिन् । यद्यपि, अब उनी फिल्मभन्दा टाढा छिन् । उनी किङ्ग्स इलेवन पंजाबकी मालिकनी हुन् ।

सोनाली बेन्द्रेः

सोनाली बेन्द्रेले बलिउडका थुप्रै हिट फिल्ममा काम गरेकी थिइन् । तर विवाहपछि उनी फिल्मबाट टाढा भइन् । पछि उनले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी दिएपछि उनी पुनः एकपटक चर्चामा आएकी थिइन् । सोनाली बेन्द्रे फिल्मबाट टाढा छिन् तर सोसल मिडियामा निकै सक्रिय छिन् । उनी धेरैजसो सकारात्मक विचार आफ्नो प्रशंसकमाझ सेयर गर्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप