शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पत्नीको हत्या गरेर भागेका आरोपी इन्टरपोलको सहयोगमा युएईबाट पक्राउ

मङ्गलबार, ३१ चैत २०७७, १४ : ५०
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौं । इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले ज्यान मुद्दाका फरार प्रतिवादीलाई युएईबाट पक्राउ गरेको छ ।  इन्टरपोलबाट रेड नोटिस जारी भएका तेह्रथुम आठराई गाउँपालिका–४ तीन सल्ले घर भएका काजीमान पुरीलाई युएईबाट नेपाल ल्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काजिमानमाथि २८ वर्षीया पत्नी बिन्दा पुरीको हत्या गरेको अरोप छ । 

काजिमानलाई लिन प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाको टोली युएई गएको थियो । पत्नी हत्या गरेर विदेश भागेपछि नेपाल प्रहरीको आग्रहमा  गत असोजमा इन्टरपोल सचिवालयले उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो । 

काजिमानलाई अहिले गौशाला प्रहरीको हिरासतमा राखिएको छ । उनलाई आवश्यक कारवाहीका लागी तेह्रथुम पठाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  युएईमा पक्रेर मंगलबार बिहान उनलाई काठमाडौं ल्याइएको हो । ०७६ चैतमा उनले पत्नी विन्दाको हत्या गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप