राजधानीको नयाँ बसपार्क क्षेत्रबाट अपराधिक कार्यमा संलग्न ३ जना पक्राउ
सोमबार, ३० चैत २०७७, २० : ४१
प्रहरीले राजधानीको नयाँ बसपार्क क्षेत्रबाट आपराधिक कार्यमा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर घर भइ बूढानीलकण्ठ बस्ने निमा लामा, नुवाकोट घर भएका प्रकाश तामाङ र धादिङ घर भएका विनोद लामा रहेका छन् ।
आइतबार राति उनीहरुले होहल्ला गरी साधारण मानिस , महिला तथा बालबालिकाहरूलाई अश्लिल गाली गलौज तथा डर त्रास धाक धम्की दिई अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।
यससम्बन्धी सूचना प्राप्त हुना साथ महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी अभद्र व्यवहार गर्न नहुने सम्बन्धि कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा