शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नागढुंगाबाट लागु औषधसहित २ जना पक्राउ

सोमबार, ३० चैत २०७७, १७ : २४
सोमबार, ३० चैत २०७७

काठमाडौं । लागु औषध कारोबारमा संलग्न दुई जनालाई प्रहरीले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको छ । सर्लाही घर भएका यज्ञबहादुर श्रेष्ठ र बारा घर भएका धर्मेन्द्र माझीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सोमबार बिहान सर्लाहीबाट काठमाडौं आएको ग.१ख ८७८७ नम्बरको बसमा २३ वर्षीय श्रेष्ठ लागु औषध लिएर काठमाडौं आएका थिए । बाराबाट काठमाडौं आएको बा.३ख ६१४३ नम्बरको बसमा १९ वर्षीय माझीले लागु औषध ल्याएका हुन् ।

उनीहरुको साथबाट महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले १ हजार ४ सय ५० एम्पुल लागु औषध बरामद गरेको छ । नाइट्राभेट ५ सय ४० ट्याब्लेट, डाईजेपाम ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल र नुर्फिन ३ सय एम्पुल बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप