नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्न बाटो खुल्यो
सोमबार, ३० चैत २०७७, १७ : ०२
काठमाडौं । नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न योग्यता नपुगेको दावी गरेर दायर गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चले रिट खारेजको निर्णय गरेसँगै नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्ने बाटो खुलेको हो ।
सुवेदीले उच्च अदालतको मुख्य न्यायाधीश पदमा ५ वर्ष काम नगरेको भन्दै उनको योग्यतामाथि प्रश्न उठाइएको थियो । सुवेदीले उच्चको मुख्य न्यायाधीश पदमा ३ वर्ष २ महिना ३ दिन मात्र काम गरेका छन् ।
न्यायाधीश तेजबहादुर केसीले सोमबार रिट खारेज गर्ने फैसला गरेका हुन् । बरिष्ठ अधिवक्ता वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले न्याय परिषद्को सचिवालय समेतलाई विपक्षी बनाएर रिट हालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकता विधेयकमा ३५ संशोधन प्रस्ताव
-
त्रिभुवन विश्वविद्यालयद्वारा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक
-
रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दामा एकसाथ सुनुवाइ हुने
-
‘बालापनको उमेर २’ मा आन्भीको आकर्षक अभिनय
-
पाथीभरा केबलकारको विरोधमा उत्रेकालाई सरकारले बोलायो वार्तामा
-
प्रहरी विधेयकमा संशोधनको बाढी, सत्ता भन्दा प्रतिपक्षी अगाडि