बालकलाई कुटेर हत्या गरेको आरोपमा एक जना पक्राउ
सोमबार, ३० चैत २०७७, ०९ : ४२
काठमाडौं । तनहुँ प्रहरीले कुटेर हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–५ घर भएका ५० वर्षीय आईतसिं गुरुङ छन् ।
आईतसिंले चैत २४ मा आँबुखैरेनी–५ स्थित मलडाँडा बस्ने १२ वर्षीय शिशिर गुरुङलाई कुटेर हत्या गरेका थिए । कडा बस्तुले संवेदनशिल अंगमा हिर्काएको चोटका कारण शिशिरको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
शव सदगद गरिसकेको सुराकको आधारमा प्रहरीले घटनाबारे अनुसन्धान गरेको थियो ।
शव उत्खनन गरेर पोष्टमार्टमका लागी गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । आईतसिंलाई कर्तब्य ज्यान मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ