शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धेरै पसिना आउनु पनि हृदयघातको लक्षण हुनसक्ने, नगर्नुहोस् नजरअन्दाज

आइतबार, २९ चैत २०७७, १७ : ०३
आइतबार, २९ चैत २०७७

आजकालको जीवनशैली र खानपिनका कारण मुटुसँग सम्बन्धित रोगको खतरा बढ्दै गइरहेको छ । हृदयघात पनि यी घातक रोगमध्ये एक हो । वास्तवमा रगत ढिक्का हुँदा मुटुसम्म रगतको रञ्चार राम्रोसँग हुन पाउँदैन । यसका कारण छातीमा पीडा हुन्छ र हृदयघातको खतरा बढ्ने गर्छ तर सधैं छाती नै दुख्छ भन्ने पनि छैन । थुप्रै पटक शरीरमा देखिने साधारण लक्षणले पनि हृदयघातको खतराको संकेत दिन्छ ।

व्यायाम पश्चात् र गर्मी हुँदा पसिना आउनु सामान्य कुरा हो । तर अचानक कुनै कारण बिना धेरै पसिना आउनु हृदयघातको संकेत हुनसक्छ । छाती दुख्नु,  पसिना आउनु र मांसपेशी जकडिएको महसुस हुनु पनि हृदयघातको संकेत हो ।

सामान्य रुपमा अत्यधिक पसिना आउनु, विशेषगरी जब कोही व्यक्तिले व्यायाम गरिरहेका छैनन् भने यो मुटुसँग सम्बन्धित रोगको संकेत हो । मुटुसम्म रगत पुर्याउने रक्त कोसिकालाई कोरोनरी धमनी भनिन्छ । जब यी धमनीमा कोलेस्ट्रोल जम्मा हुन्छ तब यो ब्लक हुन्छ । यसका कारण मुटुमा रक्त प्रवाह कम हुन्छ र मुटुले रगत पम्प गर्नका लागि असाध्यै मिहिनेत गर्नुपर्छ । मुटुमा पर्ने यो दबाब र शरीरको तापक्रमलाई कम राख्नका लागि कोसिसमा अत्यधिक पसिना आउन थाल्छ, जुन हृदयघातको लक्षणमध्येको एक हो ।

हात, काँध, बंगारा, दात वा टाउको दुख्नु पनि हृदयघातको लक्षण हुनसक्छ । यस्तो प्रकारको समस्यमा लापरवाही नगर्नुहोस् र डाक्टरको सल्लाह लिनुहोस् ।

लागुऔषध र कुनै पनि प्रकारको नशासको सीधा असर व्यक्तिको दिमागमा पर्न सक्छ । कोकिनको प्रयोग संसारभरी कुनै न कुनै रुपमा भइरहेको छ । विशेषज्ञका अनुसार कोकिनको अत्यधिक प्रयोग पनि हृदयघातको कारण बन्न सक्छ ।

प्रदुषण पनि हृदयघातको कारण हुनसक्छ । वायु प्रदुषणमा यस्ता विषालु हावा र कण हुन्छन् जसले व्यक्तिको फोक्सोमा गएर आक्रमण गर्छ । यसले सास सम्बन्धि समस्या हुन्छ र हृदयघातको खतरा बढ्ने गर्छ ।

खानपिनमा केही परिवर्तन गर्दा हृदयघातको खतराबाट जोगाउन सकिन्छ । मसालेदार, अमिलो पिरो भोजनबाट पनि बच्नुपर्छ । विशेषज्ञका अनुसार धेरै बोसोयुक्त भोजनले धमनीलाई ब्लक गर्न सक्छ र हृदयघातको खतरालाई बढाउन सक्छ । विशेषज्ञका अनुसार मेडिटेरियन डाइट छान्नुहोस् । यसमा बढी मात्रामा पाउरोटी, सागसब्जी, फल र माछा खाइन्छ । यसमा मासु असाध्यै कम खाइन्छ । यो खानामा साधारण तेलको साटो ओलिभ ओइल (जैतुनको तेल) को प्रयोग गरिन्छ ।

यसका साथै हल्का–फुल्का व्यायाम गर्नुपर्छ । नियमित रुपमा प्राणायमा र योगा गर्नुहोस् । नियमित रुपमा रक्तचाप परीक्षण गर्नुहोस् । स्वस्थ खानेकुरा खानुहोस् । फलफूल र हरिया सागसब्जीलाई आफ्नो खानाको हिस्सा बनाउनुहोस् । वायु प्रदुषणाट बच्नुहोस् । बाहिर निस्कने बेला मास्क प्रयोग गर्न नबिर्सनुहोस् । यदि हृदयघातको लक्षण देखिए तुरुन्त डाक्टरको सल्लाह लिनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप