प्रहरीसँगको मुद्दा मिलाइदिन्छु भन्ने लेखनदास पक्राउ
आइतबार, २९ चैत २०७७, १६ : ०८
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएको मुद्दा मिलाइदिन्छु भनेर पैसा माग्ने लेखनदासलाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उप–महानगरपालिका– १ घर भएका ३० वर्षीय संजोग लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (डिएसपी) जयश्वर रिमालले रातोपाटीलाई बताए ।
संजोग लेखनदास हुन् । प्रहरी कार्यालयमा दर्ता गरिने निवेदन र जाहेरी लेख्ने ब्यवसाय गर्दै आएका उनले एकजना पीडितसँग ४० हजार रकम लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । काम नभएपछि उनले सो रकम फिर्ता गरेको बताइएको छ ।
‘प्रहरीसँगको सवै काम मिलाउँछु भनेर पैसा मागेको गुनासो आएपछि उनलाई पक्रेका हौं’ डिएसपी रिमालले भने– ‘उनीबारे अनुसन्धान गरिरहेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने