बागमतीमा एक भोटको कमाल ! काँग्रेस अभागी, एमाले–माओवादी ‘लक्की’
हेटौंडा । पछिल्लो राजनीतिक घटनाक्रमसँगै वागमती प्रदेशको सत्ता समीकरणमा रोचक परिदृश्य देखिएको छ । यो प्रदेशमा एमाले, कांग्रेस र माओवादी तीनै दलको भूमिका फगत एक भोटमा अड्किएको छ । बागमती प्रदेश सभामा कुल ११० जना सदस्य छन् । नेकपा एकीकृत हुँदा उसँग ८० जना सांसद थिए । पार्टी विभाजनपछि एमालेसँग सभामुखसहित ५७ सांसद छन् भने माओवादी केन्द्रसँग २३ जना छन् ।
प्रदेश सरकार गठनका लागि ५६ सदस्यको समर्थन चाहिन्छ । सरकार चलाइरहेको एमालेसँग सभामुखबाहेक ५६ सांसद छन् । एकजना प्रदेशसभा सदस्य निर्णायक हुँदा एमालेको सरकार टिकेको छ ।
एक भोटले काँग्रेसको भाग्य खोसियो !
नेकपा विभाजित हुनुपूर्व बागमती प्रदेशमा नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको भूमिका खेलिरहेको थियो । नेकपा फुटेपछि एक मत नपुग्दा कांग्रेसको प्रतिपक्षी भूमिका खोसिएको छ ।
प्रदेशसभामा कांग्रेसका २२ सांसद छन् । तर, माओवादी केन्द्रसँग २३ सांसद रहेकाले काँग्रेसको प्रतिपक्षी भूमिका माओवादीको भागमा परेको छ । माओवादीसँग एक मत बढी भएका कारण तीन वर्षसम्म प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेस तेस्रो दलमा खुम्चिएको छ ।
यस प्रदेशका प्रमुख प्रतिपक्षी दलका प्रमुख इन्द्रबहादुर बानियाँ थिए । प्रमुख प्रतिपक्ष दलको भूमिकाबाट हटेसँगै हाल उनको सेवा सुविधा काटिएको छ । एक भोट बढी भएका कारण माओवादी केन्द्र प्रमुख प्रतिपक्ष दल बनेसँगै प्रमुख प्रतिपक्षी दलको नेता शालिकराम जमरकट्टेलले अब बानियाँले पाउँदै आएको सुविधा उपभोग गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
