शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एएसएमको पहिलो एल्बम ‘एएसएम वान’ सार्वजनिक

आइतबार, २९ चैत २०७७, १४ : २८
आइतबार, २९ चैत २०७७

नेपाली साङ्गीतिक क्षेत्रको रक विधामा आफ्नो छुट्टै स्थान बनाउन सफल एएसएम ब्यान्डले आफ्नो पहिलो एल्बम सार्वजनिक गरेको छ ।

शुक्रबार साँझ झम्सीखेलस्थित ‘बियर्स एण्ड चियर्स’ रेष्टुरेन्टमा एक कार्यक्रमका बीच ‘एएसएम वान’ नामको एल्बम सार्वजनिक भएको हो ।

एल्बममा १२ वटा गीत छन् । जसमध्ये सातवटा अंग्रेजी भाषामा छन् भने बाँकी पाँचवटा नेपाली भाषामा छन् ।

एएसएमको नयाँ एल्बम नुडल एपबाट डाउनलोड गर्न सकिन्छ । एल्बमका गीत सुन्नका लागि नुडल एपबाट इसेवामार्फत् पाँच सय रुपैयाँ भुक्तानी गरेपछि डाउनलोड गर्न सकिन्छ । एक हप्तापछि शुल्क बढाइनेछ जुन एक हजार रुपैयाँ पुग्नेछ ।

ब्यान्डका भोकलिस्ट अभिषेक शंकर मिश्राले एक वर्षपछि एल्बम सार्वजनिक गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । एल्बम एक वर्ष अघि नै सार्वजनिक गर्ने निश्चित भइसकेता पनि कोरोना महामारीमा कारण यस्तो हुन सकेको थिएन ।  

उनले भने, ‘पहिलो एल्बम भएर पनि होला । हामी निकै उत्साहित थियौं । एल्बम बनाउँदाको प्रक्रिया पनि निकै रमाइलो रह्यो । चुनौती आफ्नो ठाउँमा थिए नै । ’

कार्यक्रममा अत्यधिक मानिसहरुको उपस्थितीले आफू निकै उत्साहित भएको बताउँदै  अभिषेक भन्छन्, ‘हामीले कार्यक्रममा आफ्नो प्रस्तुती दिँदा धेरैले हामीसँगै गाउनुभएको थियो । धेरैलाई हाम्रो गीतको शब्द थाहा रहेछ । यसले हामीलाई निकै उत्साहित बनायो । यो एल्बम दर्शकमाझ पहिले नै लोकप्रिय भइसकेको छ ।’

अब एएसएम ब्यान्ड आफ्नो दोस्रो एल्बमको तयारीमा जुटेको छ । दोस्रो एल्बमका १० वटा गीत अब रेकर्डिङ हुन मात्रै बाँकी भएको अभिषेक बताउँछन् । ‘सबैकुरा ठिक भए हामी यस वर्षको दशैं तिहारमा दर्शकमाझ दोस्रो एल्बम पस्कनेछौं ।’

एएसएम चार सदस्ययुक्त ब्यान्ड हो । भोकल र गितारमा अभिषेक छन्, लिड गितारमा सायिद शाक्य छन् भने, निकेश मानन्धर ड्रम र क्याहनमा छन् । यस्तै साइमन उप्रेती बेस र भोकलमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप