बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शंकर पोखरेलको प्रश्नः माओवादीका सांसद र मन्त्रीले किन एमाले रोजे ?

आइतबार, २९ चैत २०७७, १४ : ०२
आइतबार, २९ चैत २०७७

एमाले नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका प्रदेश सांसद र मन्त्रीहरुले सो पार्टीमा भविष्य नभएर नै एमालेतिर लागेको दावी गरेका छन् । 

‘प्रदेश २ मा ४ जना प्रदेश सभासद्ले माओवादी किन छोडे ? सुपमा मन्त्रीले राजीनामा दिएर एमाले किन रोजे ? यहाँ अवसर होइन भविष्य प्रमुख बन्यो’, पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका ४ जना प्रदेशसभा सदस्यलाई पार्टीले शनिबार २४ घण्टे स्पष्टीकरण  सोधेको थियो 

२४ घण्टामा जवाफ र पार्टीभित्र नफर्किए पार्टीबाट निस्कासन गरिने माओवादीको तयारी छ। संसदीय दलको नेताबाट हटाइएका सत्यनारायण मण्डल, कुन्दन साह, ज्वाला साह र मो समिर अन्सारी माओवादी केन्द्र छाडेर एमालेमा लागेका हुन् । 
यसैगरी सुदूरपश्चिम प्रदेशमा माओवादीको तर्फबाट मन्त्री बनेका झपट बोहरा पनि एमालेतिर लागेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप