शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रिचार्जरको नयाँ वर्ष अफरः ७० प्रतिशतसम्मको छुटमा ग्याजेट्स, मुलुकभर क्यास अन डेलिभरी

आइतबार, २९ चैत २०७७, १३ : २७
आइतबार, २९ चैत २०७७

काठमाडौं । रिचार्जरले नयाँ वर्षको अवसरमा “न्यू इयर सेल” अफर सार्वजनिक गरेको छ । ई–कमर्श प्लेटफर्म रिचार्जरले ७० प्रतिशतसम्मको छुटमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउने भएको हो । 

देशभरी डेलिभरी सेवा दिने रिचार्जरले ग्याजेट्सका अलावा अन्य सामान खरिद गर्दा डेलिभरीको समयमा भुक्तानी गर्न सकिने जनाएको छ ।

यसैगरी, अफरमा एउटा ग्याजेट्स किन्दा अर्को एउटा सित्तैंमा पाइने रिचार्जरले जनाएको छ । यो अफर भने तोकिएका ब्रान्ड तथा ग्याजेट्मा मात्र लागू हुनेछ । त्यसैगरी, नयाँ वर्षमा रिचार्जरबाट सामान खरिद गर्नेले गिफ्ट भौचर, क्यास प्वाइन्ट पनि पाउने छन् । 

चैत ३० गते सोमबारदेखि आगामी बैशाख २ गतेसम्म चल्ने अफरमा सहभागि सबै ग्राहकलाई गोलाप्रथामा सहभागि गराई आकर्षक उपहार पनि बितरण गरिने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । 

किस्ताबन्दीमा ग्याजेट्स खरिद गर्न चाहनेहरुले सेल अवधिमा बिना कुनै शुल्क प्रकृया अघि बढाउन सक्नेछन् । यस अवधिमा किस्ताबन्दीमा सामान खरिद गर्नेहरुलाई शुन्य प्रतिशत व्याजदरमा ग्याजेट्स उपलब्ध गराउने रिचार्जरले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप