शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विज्ञापन व्यवसायी अर्याल चेम्बर कार्यसमितिमा निर्वाचित

आइतबार, २९ चैत २०७७, १२ : ३२
आइतबार, २९ चैत २०७७

काठमाडौं । मुलुकका अग्रणी विज्ञापन व्यवसायी तथा त्रिकोण एडभर्टाइजिङका प्रबन्ध निर्देशक राजेन्द्र अर्याल नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य निर्वाचित भएका छन् । 

चेम्बरको ७०औं वार्षिक साधारणसभाका क्रममा भएको निर्वाचनबाट अर्याल कार्यसमिति सदस्य निर्वाचित भएका हुन् । 

एनआइसी एशिया बैंकमा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समेत रहेका अर्याल लामो समयदेखि नेपाल चेम्बर अफ कमर्सको कार्यसमितिमा रहँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप