बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा तय गर्न काँग्रेसको पदाधिकारी बैठक बस्दै

आइतबार, २९ चैत २०७७, ११ : २७
आइतबार, २९ चैत २०७७

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दैछ।

१४ औं महाधिवेशनको सन्दर्भमा छलफल गर्ने पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो दुई बजे बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा पदाधिकारी बैठकले तय गर्नेछ । क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काम कारबाही, निर्वाचन समितिको नेतृत्व चयनका विषयमा शीर्ष नेताबीच छलफल हुने भएको हो ।

क्रियाशील सदस्यता इन्ट्रीका लागि चैत मसान्तलाई अन्तिम समय तोकिएको थियो । अहिलेसम्म ५ लाख ३५ हजार ३ सय ४९ जनाको सदस्यता मात्र इन्ट्री भएको छ । पछिल्लोपटक थप गरिएको समयावधि भोलि १ सकिँदैछ । क्रियाशील छानविन समितिका सदस्यहरुले विवादित जिल्ला अध्ययन गरेर काठमाडौं फर्किएको बुझिएको छ ।

यता महाधिवेशनका मुखमा निर्वाचन समितिका संयोजक राधेश्यम अधिकारीले गत शुक्रबार जिम्मेवारीबाट राजीनामा दिएपछि नयाँ संयोजक तोक्ने पर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप