शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको जोखिम : बेसार पानीको कथा महँगो साबित होला

आइतबार, २९ चैत २०७७, ०९ : ४८
आइतबार, २९ चैत २०७७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले बढ्दो कोरोना महामारीको जोखिमसँगै सरकारले सीमाक्षेत्र अनुगमनका साथै सबै किसिमको सावधानी अपनाउनु पर्ने बताएका छन् । बेसार पानीको मात्र कथा दोहोर्याई रहे महँगो साबित हुने भन्दै राप्रपा अध्यक्ष राणाले सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

भारतमा कार्यरत नेपालीहरु स्वदेश फर्कने क्रम बढेसँगै कोरोना संक्रमणको जोखिम नियन्त्रण गर्न उच्च सतर्कता अवलम्बन गर्नु पर्ने राणाको भनाइ छ । ‘छिमेक भारतमा द्रुततर दरमा कोरोना संक्रमण बढेको विदितै छ । यसै क्रममा भारतमा कार्यरत धेरै कामदारहरु स्वदेश फर्किरहेको खबर छ । यस अवस्थामा सरकारले सिमाना अनुगमन गर्नेदेखि समयमै सबै सावधानी अपनाउनु जरुरी भएको छ,’ राणाले शनिबार भने ।

उनले ट्वीट गर्दै भने, ‘अन्यथा बेसार पानीको कथा महँगो साबित हुने प्रष्ट छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप