बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

थानेश्वरलाई आईएमईको १० लाख

बुधबार, २५ असोज २०७४, १८ : १२
बुधबार, २५ असोज २०७४

काठमाडौं– यसपटकको दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत नगद रु. १० लाखको पहिलो बम्पर उपहार आइएमई सेवाग्राही थानेश्वर न्यौपानेले प्राप्त गरेका छन् । 

कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाएका न्यौपाने सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा भाग्यशाली विजेता घोषित भएका हुन् ।

काठमाडौं पानी पोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित घोषणा कार्यक्रममा आइएमईका ब्राण्ड एम्बासडर दीपकरा जगिरी लगायत आइएमईका उच्च पदस्थ कर्मचारीको सहभागिता सो घोषणा गरिएको हो । 

त्यस्तै तेस्रो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही बिमल गौतमले प्राप्त गरेका छन् । गत भाद्र १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागीभई दैनिक ‘लक्कीड्र’बाटकरिव २ हजार ७ सय जनाआईएमई पे क्यासमार्फत् पुरस्कृत भइसकेको आईएमईले जनाएको छ ।  

मङ्सिर ३ गतेसम्म १२ हप्ता संचालन हुने यस कार्यकममा पैसा पठाउने सेवाग्राहीमध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छान्ने गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप