शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मध्यरातमा फर्निचर  उद्योगमा आगलागी, अझै नियन्त्रणमा आएन

आइतबार, २९ चैत २०७७, ०८ : १०
आइतबार, २९ चैत २०७७

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । 

विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।

गए राति २ः०० बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । फर्निचरमा रहेका सबै काठपात तथा तयारी सामग्री जलेका छन् । 

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र बागलुङ नगरपालिकाको दमकल प्रयोग भइरहेको छ । रातिदेखि शुरु भएको आगलागी आज बिहानसम्म नियन्त्रणमा नआएको हो । 

क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । फर्निचरका सबै सामग्री जलेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप